संगीतकार सन्तोषको ‘कोरोनाको महामारी’ सन्देशमूलक गीत सार्वजनिक [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । चर्चित संगीतकार शिखर सन्तोषले कोभिड-१९ को महामारीको संगीतमा लोकप्रिय गायक तथा गायिकाहरुको सुमधुर आवाजमा नयाँ म्युजिक भिडियो “कोरोनाको महामारी” सार्वजनिक भएको छ ।

कोरोना भाइरसको महामारी तथा त्यसको संक्रमणलाई रोक्न सरकारले लागू गरेको लकडाउनमा आधारित भएर थुप्रै गीत-सिर्जना गरिएका छन् । खासगरी, महामारीबाट जोगिने सन्देश बोकेका गीत-संगीतहरुलाई दर्शक तथा स्रोताले उत्तिकै मन पराएका छन् ।

गीतमा रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, प्रविशा अधिकारी, रोशन अधिकारी आदि गायक, गायिकाहरुको स्वर सुन्न सकिन्छ । सन्देशमूलक उक्त गीतका शब्दहरु डा.दुबसु क्षेत्रीले रचना गरेका हुन् । गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । गीतको म्युजिक भिडियोलाई संगीतकार शिखर सन्तोषले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

भिडियोमा दीपाश्री निरौला, सरिता लामिछानेसहितका कलाकारहरु फिचर्ड छन् । विरेन तितुङद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् भने थ्रि क्याप्स टिमले यसलाई निर्देशन गरेको हो । पूनम आर सुवदीले उक्त गीतलाई प्रस्तुत गरेकी हुन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार