ओखलढुंगामा पनि देखियो पहिलोपटक कोरोना !

Facebook Debugger

ओखलढुंगा । ओखलढुंगा जिल्लामा पनि पहिलो पटक १ जनामा कोरोना भाइरस (कोभिड-१८) पोजेटिभ देखिएको छ । भारतबाट लिखु गाउँपालिकामा आएका २८ वर्षीय युवामा कोरोना पुष्टि भएको हो ।

पीसीआर परीक्षण गर्दा आइतबार उनको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताए । आज पीसीआर रिपोर्ट आएका ६ जनामध्ये १ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।

कोरोना पोजेटिभ देखिएका युवा सुरक्षित तवरले क्वारेन्टाइनमा रहेको बताइएको छ । उनी एक हप्ता अघि जिल्ला आएका हुन् ।

कोरोनाको संक्रमण देखिएका युवाको अवस्था सामान्य रहेको छ । जिल्ला स्वास्थ्य प्रमुख तिवारीका अनुसार उनलाई छुट्टै कोठामा राखिएको छ । भारतको गोरखपुरबाट आएका ती युवालाई सीधै क्वारेन्टाइनमा राखिएको थियो ।

कोरोनाको संक्रमित युवासँगै आएका अन्य ३ जनालाई कोरोनाको संक्रमण देखिएको छैन । उनीहरुको पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको छ । संक्रमित युवालाई आइसोलेट गरेर छुट्टै राख्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । हाल संक्रमित युवाको अवस्था समान्य रहेको र उनको अवस्था बिग्रिएमा मात्रै कोरोना अस्पताल लगिने प्रजिअ पौडेलले बताए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार