२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

सत्ता गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन प्रवक्ता कार्की


१२ बैशाख २०७९, सोमबार  

7
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले सत्ता गठबन्धनकै उम्मेदवारलाई निर्वाचित गराउन आ(आफ्नो संयन्त्रमार्फत् पहल गर्ने निर्णय गरेको छ ।

आज बिहान काठमाडौंमा बसेको सत्ता गठबन्धन दलको शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो ।


बैठकले गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन समेत दिएको छ । बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले देशैभर पाँच दलको एउटै उम्मेदवार हुने दाबी समेत गरे ।

गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन आ–आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने निर्णय बैठकले गरेको उनले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ३३ बजे