आज तपाईको भाग्य यस्तो छ : २०७७ असार ८ गतेको राशिफल

Facebook Debugger

आज वि.सं. २०७७ असार ८ गते सोमवार । तदनुसार इ.स. २०२० जुन २२ तारिख । नेपाल संवत ११४० दिल्लाथ्व । आषाढ शुक्लपक्ष । प्रतिपदा, ११ः५१ उप्रान्त द्वितीया ।

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । वादविवाद वा खर्च हुने डरले सताउन सक्छ । ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ला । भौतिक सहयोग जुटाउनुपरे पनि आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला । आजको मिहिनेतले भविष्यमा भने नाम, दाम र प्रतिष्ठा दिलाउनेछ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह

केही अवसर जुट्नेछ तर बलजफ्ती गर्ने बानीले काम अधुरो रहन सक्छ । प्रयत्न गर्दा पछिका लागि जग बसाउने समय छ । शुभचिन्तकहरूले हौसला जगाउनेछन् । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट होला । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । छोटो समयमा पनि केही प्रतिफल पाइनेछ ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ । समय दिन नसक्दा काम रोकिनेछ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ । आफन्तबाट पनि टाढिनुपर्ला ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मिहिनेतले राम्रो परिणाम दिलाउनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । तर पहिलेका कमजोरी बाहिर आउनाले काममा केही समस्या पर्न सक्छ । तापनि विभिन्न अवसरले पछ्याउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला । मिहिनेत गर्दा भविष्यका लागि जग बसाउने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला । छिद्र खोतल्नेहरूले दुस्ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभचिन्तकहरूको साथ–सहयोगले अप्ठ्यारा चुनौती समेत पार लगाउन सकिनेछ । सामाजिक जिम्मेवारी बढ्नेछ । नयाँ कामको अवसर पनि प्राप्त हुनेछ । समाजसेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला । सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । हडबडीले घर–व्यवहारमा समस्या निम्त्याउनेछ । तापनि, प्रेम र मित्रताको बन्धन कसिने समय छ ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ । फजुल खर्च भने बढ्न सक्छ ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । स्वास्थ्य चिन्ताले सताउन सक्छ । आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ । आफ्नो काम रोकिनेछ र अरूका लागि बुद्धि खर्चनुपर्नेछ । बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ । साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन् । अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार