८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

मनोनयन दर्ता ४८ हजार गरे , उम्मदेवार अझै बढ्ने


१२ बैशाख २०७९, सोमबार  

21
Shares

काठमाडौं । देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ४८ हजार १९७ उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् ।

देशभरका २९३ नगरपालिका छन् । निर्वाचन आयोगको विवरण अनुसार १ हजार ६५७ जनाले प्रमुख ९मेयर० पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख ९उपमेयर०पदमा ९७५ जनाको मनोनयन परेको छ ।


त्यसैगरी कुल ४६० गाउँपालिकाको अध्यक्ष पदमा १ हजार ६१० जनाले मनोनयनपत्र दर्ता गराएका छन् । १ हजार ५० जनाले उपाध्यक्षमा मनोनयनपत्र दर्ता गराएका छन् ।

स्थानीय तहको प्रमुख पदमा उमेद्वारी दिनेको संख्या २ हजार ७२१ पुगेको छ । उपप्रमुख पदमा उमेद्वारी दिनेको संख्या १ हजार ६०६ छ ।

 

देशभरका कुल ६ हजार ७४३ वडाको वडाध्यक्ष पदमा १२ हजार ३१२ जनाले मनोनयन दर्ता गराएका छन् । वडा सदस्यमा मनोनयन गर्नेको संख्या १२ हजार ५१७ छ । त्यस्तै ७ हजार ६९३ जनाले महिला सदस्य पदमा उमेद्वारी दिएका छन् भने ६ हजार ७११ जनाले दलित महिला सदस्य पदमा उमेद्वारी दिएका छन् ।

५ बजेसम्ममा लाइनमा बसेकाहरुले उम्मेदवारी दर्ता गराउने पाउने भएकाले उम्मदेवार अझै बढ्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : ५६ बजे