कोरोना भाइसरको संक्रमण विश्वभर ९० लाखभन्दा बढी मानिसमा !

Facebook Debugger

काठमाडौं । साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमण (कोभिड-१९)बाट विश्वभर ९० लाखभन्दा बढी संक्रमित भएका छन् ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३० हजार २ सय ५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ९० लाख ३८ हजार ८ सय ९ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३८ छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ६९ हजार ६ सय ४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २ सय १३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ४८ लाख ३४ हजार १ सय ३९ पुगेको छ भने ३७ लाख ३५ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ८७ हजार ६ सय २६ जनाको मृत्यु भएको छ ।

२३ लाख १० हजार ९ सय ६१ जना संक्रमित भएकोमा १२ लाख ५८ हजार ३ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५३ हजार ९ सय ४४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २७ लाख २९ हजार २ सय ५ पुगेको छ । त्यसमध्ये १२ लाख १७ हजार ८ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४८ हजार २ सय ५६ जनाको मृत्यु भएको छ । १९ लाख ८ सय २४ जना संक्रमित भएकोमा १२ लाख ४ हजार २ सय ९२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ७१ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ । १७ लाख ७८ हजार ८ सय ६५ संक्रमित भएकोमा ९ लाख ५९ हजार ५ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ८ हजार १ सय ४८ जनाको ज्यान गएको छ भने ३ लाख ९ हजार १ सय ५३ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ४८ हजार ८ सय २७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २४ जनाको मृत्यु भएको छ । ९ हजार ७९ जना संक्रमित भएकोमा ८ हजार ४ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार