७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु


१३ बैशाख २०७९, मंगलबार  

0
Shares

काठमाडौं । भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा टिपरको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

नयाँथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा४ख ८५८१ नम्बरको टिपर र गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा। प्र।०२(०२३ प ७७६९ नम्बरको स्कुटर सोमबार राति करिब साढे १२ बजेतिर ठोक्किएका थिए ।

उक्त दुर्घटनामा स्कुटर चालक, काभ्रेको बेथानचोक गाउँपालिका(६ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका(३ झौखेल ठकुरी गाउँमा बस्दै आएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको छ । उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा राति १ बजेर १९ मिनेटमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा स्कुटर पछाडि बसेका म्याग्दीको बेनी नगरपालिका(४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका(३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठ घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रहरीले टिपर चालक रामेछापको दोरम्बा(४ घर भई हाल भक्तपुरको मध्यपुरथिमी( ७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुल बहादुर सापकोटालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ४ : १८ बजे