८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

स्थानीय निर्वाचन २०७९ : सोलुखुम्बुमा ८ सय १८ जना उम्मेदवार चुनावी मैदानमा



सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ८ सय १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयमा सोमबार राती ९ बजेसम्म प्राप्त उम्मेदवारको विवरण अनुसार २ दिनमा ८ सय १८ जनाले मनोनयन दर्ता गराएका हुन् ।

कार्यालय प्रमुख रामनारायण शाहका अनुसार मौखिक रुपमा विवरण प्राप्त भएपनि लिखित रुपमा सबै विवरण प्राप्त हुन सकेको छैन् । जिल्लाको ८ स्थानीय तहमध्ये सबै भन्दा बढी सोलुदुधकुण्ड नगरपालिकामा मनोनयन दर्ता भएको उनको भनाई छ ।

यद्यपी कतिले दर्ता गराए भन्ने अद्यावधिक हुन बाँकी छ । आयोगले मनोनयन दर्ताका लागि तोकेको समय आईतबार र सोमबार मध्ये अधिकांशले सोमबार दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ । विस्तृत विवरण आउँन बाँकी छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ५ : ३६ बजे