एकैदिन ५३५ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ९,५६१ पुग्यो !

Facebook Debugger

काठमाडौं । नेपालमा सोमबार थप ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ९ हजार ५ सय ६१ पुगेको जानकारी दिएका हुन् ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार १ सय ४२ पुगेको छ । ३२ महिला र ३ सय ८८ पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म २३ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार