डब्ल्यूएचओले भन्यो, ‘नेपालमा कोरोनाको जोखिम बढ्दै छ, सतर्क रहनुस’

Facebook Debugger

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालले नेपालमा कोरोना महामारी कायमै रहेकाले सतर्क रहन सुझाव दिएको छ ।

डब्ल्यूएचओका नेपाल प्रमुख डा. जोस भ्यान्डेलरले लकडाउन खुकुलो भएको अवस्थामा थप सचेत रहन अपिल गरेका हुन् ।

नेपालमा लकडाउन खुकुलो भएपछि गतिविधिहरू बढेका छन्, जसले कोरोना संक्रमण फैलिने जोखिम पनि बढेको छ ।

उनले मानिसहरूलाई भीडभाडमा नजान, अत्यावश्यक अवस्थामा दूरी कायम गर्न तथा साबुनपानीले नियमित हात धुन पनि अपिल गरेका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार