सोमबार थपिएका ५५३ जना कोरोना संक्रमति कुन जिल्लाका कति ? [सूचीसहित]

Facebook Debugger

काठमाडौँ । नेपालमा सोमबार थप ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये ७४ जना महिला र ४ सय ६१ जना पुरुष छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार दाङमा १३, मोरङमा १२, सप्तरीमा १५, झापामा ३, धनुषामा १०, महोत्तरीमा १, अछाममा २, अर्घाखाँचीमा ९, बैतडीमा १४, डढेल्धुरामा १५, डोटीमा ७, गुल्मीमा १५, जाजरकोटमा १ जना संक्रमित थपिएका छन् ।

यस्तै कैलालीमा ५८, नवलपरासीमा २९, सर्लाहीमा ४७, सिन्धुपाल्चोकमा २, सिराहामा २३, स्याङजामा ३२, पाल्पामा ९०, प्युठानमा ३०, रौतहटमा ३४, रुपन्देहीमा १२, चितवनमा ५, ओखलढुङगामा १, गुल्मीमा ४१, स्याङजामा १ र तनहुँमा ११ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । तीमध्ये ८ हजार ६ सय ६७ जना पुरुष र ८ सय ९४ जना महिला छन् ।

यस्तै कोरोना भाइरसको संक्रमण निको भएर थप ३ सय ७० जना संक्रमित डिस्चार्ज भएका छन् । तीमध्य ३२ जना महिला र ३ सय ३८ जना पुरुष छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार १ सय ४२ पुगेको छ । तीमध्ये १ हजार ९ सय ६१ जना पुरुष र १ सय ६१ जना महिला छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार