निरौलाको अर्को ठगी : हुँदै नभएको रेडियोको नाम भजाएर ब्रम्हलुट !

Facebook Debugger

सोलुखुम्बु । हिमाल एफ.एम.सुन्ने तपाई मध्ये धेरैलाई थाहा होला ‘नेपालको आधा भूभागमा हिमाल ९०.२ मेगाहर्ज, रेडियो एभरेष्ट ९७.७ मेगाहर्ज र खुम्बु एफ.एम.९३.२ मेगाहर्ज’ यो त उसको नारा नै हो ।

तर यथार्थमा न हिमाल एफ.एम.नेपालको आधा भूभागमा सुनिन्छ, न बारम्बार नाम लिईरहने रेडियो एभरेष्ट र खुम्बु एफ.एम. सञ्चालनमै छन् । हिमाल एफ.एम.ले भन्ने गरेको यी सब झुट हुन् । बजारबाट विज्ञापन बटुल्न उनले स्रोता र विज्ञापन दाताको आँखामा छारो हालेर ठगी गरेका मात्र हुन् ।

जत्ति कार्यक्रम प्रसारण हुन्छन् ती हिमाल एफ.एम. ९०.२ मेगाहर्जको तरङ्ग पुग्ने ठाउँमा मात्र सुन्न सकिन्छ । उनको यो झुटको खेतीबाट सबैभन्दा बढी खोटाङ, ओखलढुङ्गा लगायत सोलुखुम्बुभन्दा बाहिरी जिल्लाका स्रोता तथा विज्ञापनदाता ठगीमा परेका छन् । सोलुखुम्बुका अधिकांशलाई हिमाल एफ.एम.बाहेक बज्दैन भन्ने थाहा भएपनि बाहिरी जिल्लाकालाई ३ वटा रेडियोबाट प्रसारण हुन्छ भन्दै विज्ञापनको चर्को मूल्य असुल्ने गरेका छन् ।

‘हामीलाई त तीन वटा रेडियोमा प्रसारण हुन्छ, नेपालको आधा भूभाग र इण्डियामा समेत सुनिन्छ भनेर रेडियो कार्यक्रम फुत्काएर लग्यो, सोलुको रेडियोलाई कार्यक्रम दिंइदा खोटाङका रेडियोले हामीलाई नदिएर बाहिरी जिल्लाको रेडियोलाई किन दिएको भनेर च्याप्छ’ खोटाङका एक जनप्रतिनिधीले भने ।

हिमाल एफ.एम.ले खोटाङ तथा सोलुखुम्बुका केही गाउँपालिका तथा नगरपालिकासँगको साझेदारीमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ ।

हिमाल एफ.एम.ले हाकाहाकी बोल्दै आएका ४ झुट !

झुट नं. १ नेपालको आधा भूभागमा सुनिने

हिमाल एफ.एम.ले रेडियो सुन्ने स्रोतालाई यत्ति सम्म पङ्गु बनाउँछ कि, मानौं रेडियो सुन्नेलाई नेपालको भौगोलिक अवस्था नै थाहा छैन । रेडियोले हरेक पटक भन्ने गरेको नारा हो ‘नेपालको आधा भूभागमा हिमाल एफ.एम…..’ उसले भने झैं आधा भूभागमा सुन्ने रेडियोको प्रसारण क्षेत्र कम्तीमा ३७ जिल्लामा पुग्नुपर्छ । भानुभक्त निरौला प्रमुख रहेको यो रेडियोले आफ्नो प्रसारण क्षेत्र समेटिएको नक्सामा समेत १८ वटा जिल्ला पूरै र ७ वटा जिल्ला आंशिक गरी २५ जिल्लामा सुन्न सकिने दाबी गरेको छ । उसैको दाबीलाई पत्यार गर्दा समेत भनाई र रखाई विवादास्पद छ । यथार्थ कुरा त के भने, हिमाल एफ.एम.को टावर पत्तालेमा स्थानान्तर गरेपछि लिखुपिके गाउँपालिकाको चौलाखर्कमा समेत यो रेडियो प्रष्टसँग बज्दैन ।

झुट नं. २ अस्तित्वमै नभएको रेडियोको नाम

निरौलाको रेडियो हिमाल एफ.एम.ले उच्चारण गरिरहने रेडियोको नाम हो रेडियो एभरेष्ट ९७.७ मेगाहर्ज । तर यो रेडियो कहीं कतै पनि अस्तित्वमा छैन । न यो रेडियो सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता भएको छ, न जिल्लामा कुनै संरचना नै बनेको छ । यो रेडियो कतैं दर्ता गरिएको रहेछ भने पनि कहीं कतै पनि बज्दैन । र पनि यो रेडियोको नाम भजाउन भने छाडेका छैनन् उनले । निरौला स्वयंले २०७३ कार्तिक १४ गते पिके डाँडाको ४,२०० मिटरको उचाईबाट रेडियो प्रसारणमा आउने भनेर पोष्ट गरेका थिए । तर उक्त रेडियो समेत प्रसारणमा नआई खारेज भएको बताईन्छ ।

बरु रेडियो पिके सञ्चार प्रा.लि. ले २०७१/०७२ मा रेडियो पिके सोलुखुम्बु भनेर दर्ता गरिएको थियो । १००० वाट क्षमताको उक्त रेडियोले ९८.१ मेगाहर्ज फ्रिक्वेन्सी लिएको देखिन्छ । यस्तै समृद्धि ग्रामीण सञ्चार अभियान नामक संस्थाले १०० वाटको रेडियो २०७१ वैशाख २८ गते दर्ता गरेको भेटिएको छ । माउण्ट एभरेष्ट नाम राखेको उक्त रेडियो समेत प्रसारणमा नभएकाले निरौलाले विज्ञापन दातालाई झुक्याउन मात्र उक्त रेडियोको नाम लिएको प्रष्टै देखिन्छ ।

झुट नं. ३ खुम्बु एफ.एम.मा समेत प्रसारण हुने दाबी

सोलुखुम्बुको नाम्चेबाट प्रसारण हुने खुम्बु एफ.एम. ९३.२ मेगाहर्ज २०७० साल साउन २० गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता गरिएको हो । १०० वाट क्षमताको उक्त रेडियोको इजाजत हिमाली सञ्चार लिमिटेडले नै लिएको हो । तर हिमाल एफ.एम. ९०.२ मेगाहर्जले खुम्बु एफ.एम.बाट समेत प्रसारण हुँदै गरेको दाबीे सरासर झुट हो । खुम्बु एफ.एम.करिब तीन/चार महिना यता बन्द रहेको खुम्बु एफ.एम.का टेक्निकल कोअर्डिनेटर छिमी शेर्पाले सगरमाथा अनलाइनलाई जानकारी दिए । उनले हिमाल एफ.एम.सँग सहकार्य गर्ने विषयमा भने कुराकानी भईरहेको बताए ।

झुट नं. ४. पूर्वी नेपालको सर्वोत्कृष्ट रेडियो

‘पूर्वी नेपालको सर्वोत्कृष्ट रेडियो’ हिमाल एफ.एम.को यो अर्को झुट हो । हिमाल एफ.एम.लाई अहिलेसम्म राम्रो र उत्कृष्ट रेडियो भनेर राष्ट्रिय स्तरको कुनै पनि संघसंस्थाले सम्मान गरेको भएपनि यसो भन्न सक्ने हक राख्न सक्थ्यो । कि त व्यापारिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसियन नेपाल (बान) ले उत्कृष्ट भनेर प्रमाणपत्र प्रदान गरेको भए पनि उसले निर्विवाद यो भन्न सक्थ्यो । र पनि अरु कसैले तपाई भनोस् या नभनोस् आफै मपाई भएर हिमाल एफ.एम.ले स्रोता माझ भ्रम छरिरहेको छ । पूर्वी नेपालमा वर्षौ पुराना, स्थापित र सयौं पुरस्कारबाट पुरस्कृत रेडियोहरु सप्तकोशी एफ.एम., बीएफ.एम. लगायत छन् । ती रेडियोहरुले समेत पूर्वी नेपालको सर्वोत्कृष्ट भनेर भनेका छैनन् ।

अब अनुमान गरौं, आफू भन्दा सयौं गुणा विद्धतवर्गले सुन्ने रेडियोबाट भानुभक्त निरौलाले दैनिक चार वटा झुट दशौं पटक हाकाहाकी बोलिरहन्छन् भने लुकीछिपी तरिकाले कति झुटको खेती गरिरहेको होला ? यिनलाई पाता फर्काउने कसले हो ?

यो पनि पढ्नुहोस् ।

फ्याक्ट चेक : हावाहुरीले लडाएको टावरबाट एफ.एम. प्रमुखले २ लाख ४० हजार लिन खोजेको वास्तविकता यस्तो रहेछ !

एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण : रिपोर्टरलाई धम्की दिएर समाचार हटाउन लगाएको पुिष्ट  !

एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण :  विज्ञप्तीले उब्जाएको ६ प्रश्न ?

 

भानुभक्त निरौलाको अर्को कर्तुत : रेडियो उपकरणको भुत्तानीमा बेइमानी  !

 

हिमाल एफ.एम.प्रकरण : ‘उनी हात मिलाउन आए, मैले छाती समाते’

 

‘अनि यसरी रोडमै र्पुयायो भानुभक्तको जमातले मलाई’

 

हिमाल एफ.एम. प्रमुखको कर्तुत छताछुल्ल : स्थानीयसँग ६० हजारको डिल, बीमा कम्पनीमा ५० हजारको बील !

 

बिनालाई रेडियोमा नराख्दा भानुभक्त फन्केर हिडेको त्यो दिन…

 

भानुभक्त निरौलाको कर्तुत ३ : सरकारी सम्पत्तिमा रजाँई !

 

टेलिकम टावर काण्ड : भानुभक्तको नुम्बुर नेटवर्कले ७ ठाउँमा दुरुपयोग गरेको खुलासा !

 

भानुभक्तले हिमाल एफ.एम.लाई भड्खालोमा हाल्दै, ३५ लाख बढी कर नतिरेको खुलासा

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार