मतपत्र छाप्ने कागज खरिद प्रक्रिया अघि बढ्यो: निर्वाचन आयोग

0 Shares

काठमाडौं । निर्वाचन आयोगले मतपत्र छपाइकाा लागि आवश्यक कागज खरिद प्रक्रिया अघि बढाएको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गरी मतपत्रका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लागत अनुमान स्वीकृत गरी इबिडिङको माध्यमबाट खरिद प्रक्रिया अघि बढाएको बताएको छ ।


‘साथै मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरूको स्पेसिफिकेसन आयोगबाट स्वीकृत भएको छ’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनको लागि न्याय परिषदसँग पनि परामर्श गरेको छ । त्यस्तै न्याय सेवाका राजपत्रांकित अधिकृतहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनको लागि न्याय सेवा आयोगसँग परामर्श पनि गरेको छ ।

 

फागुन १५ गते आयोगमा नामावली उपलब्ध गराउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरेको आयोगले जनाएको छ । त्यस्तै, आयोगले निर्वाचन अधिकृतमा नियुक्ति गर्न फागुन १५ गतेसम्म उपसचिवको नामावली पनि मन्त्रालयसँग माग गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार