जिल्लास्तरका नेता कार्यकर्ता फसाएको भन्दै कांग्रेसद्धारा सरकारको ध्यानाकर्षण

Facebook Debugger

काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई श्रृंखलाबद्ध रुपमा अनाहकमा दुःख दिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी गरिएको प्रेस विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गरिएको हो । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, लिखुपिके, थुलुङ, खुम्बु पासाङल्हामु नेचासल्यान र सोताङ गाउँपालिका अन्तर्गतका जलविद्युत आयोजना र विकास निर्माणका कार्यहरुमा भएको भ्रष्टाचार र अनियमिता लगायतको विषयमा सरकारको ध्यानाकर्षण गरिएको छ ।

नेपाली कांग्रेसका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई दुर्व्यवहार गर्ने, झुटा मुद्धामा फसाउने र त्यस विरुद्धमा प्रहरी प्रशासनबाट उजुरी समेत दर्ता गर्न नमान्ने जस्ता गैर जिम्मेवारी क्रियाकलाप निन्दनीय र खेदजनक छ, विज्ञप्तीमा लेखिएको छ ।

यस्ता क्रियाकलापहरुलाई तत्काल रोकी आम नागरिकहरुले संविधानको मर्म र भावना अनुरुप स्वतन्त्र र निष्पक्ष रुपमा कानूनी अधिकारको उपभोग गर्न पाउने वातावरण निर्माण गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार