काठमाडौं उपत्यका आउनेलाई १४ दिन ‘होम क्वारेन्टाइन’मा राख्न गृहको परिपत्र

Facebook Debugger

काठमाडौं । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले परिपत्र जारी गरेको छ ।

घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्नेको भीड लाग्न थालेपछि स्वास्थ्य मन्त्रालयको अनुरोधमा गृहले पत्रिपत्र जारी गरेको हो ।

पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको थियो ।

त्यसपछि गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार