
काठमाडौं । आगामी ३० बैशाखमा हुन लागेका स्थानीय तह निर्वाचनमा,जित हासिल गर्न उम्मेदवारहरु, तँछाद,मछाँद तवरले लागि परेका छन्, निर्वाचन आयोगले चुनाव चिह्न र अनुमति दिएसँगै प्रचार प्रसारमा सशक्त ढङ्गले लागि परेका छन् ।
नेपाली काँग्रेस पार्टी,टोखा.न.पा,४.वडा अध्यक्षका उम्मेदवार अमृतमान श्रेष्ठ पार्टीका वडा स्तरीय नेताहरुको सहयोगमा मतदाताहरुको घर दैलो कार्यक्रम सुरु गरेका छन् । सो घरदैलो कार्यक्रममा उम्मेदवार श्रेष्ठले वडावासीहरुलाई विगतमा जितेका जनप्रतिनिधिले वडा र वडावासीहरुको समस्य र आवश्यक्ता मध्येनजर नगरेको र आफू यहि निर्वाचनमा स्थानीय वडावासीहरुले वडा अध्यक्षमा निर्वाचित गराएको खण्डमा स्वरोजगार,युवा लक्षित कार्यक्रम ल्याउँनुका साथै वडाक्षेत्रलाई वर्तमान परिप्रेक्ष अनुरुपको विज्ञान प्रविधिमैत्री वडा बनाउँने प्रतिवद्धता जाहेर गरेका छन् ।
नेपाली काँग्रेस टोखा कमिटि तथा कार्यकर्ताहरु

