थुलुङ दुधकोशी गाउँपालिकाले ल्यायो ४१ करोड ९५ लाखको बजेट [पूर्ण पाठसहित]

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको गाउँपालिकामध्ये भूगोल र जनसंख्याको हिसाबले सबैभन्दा ठूलो थुलुङ दुधकोशीले आर्थिक वर्ष २०७७÷०७८ का लागि ४१ करोड ९५ लाख १७ हजार ५ सय ५० रुपीयाँको बजेट विनियोजन गरेको छ ।

बुधबार पाँचौं गाउँसभाबाट पालिका अध्यक्ष असिम राईले बजेट सार्वजनिक गरेका हुन् । गाउँपालिकाले दुधकोशी सामुदायक अस्पताल, नेले चारघरे मुक्ली गाउँपालिका कार्यालय सडक कालोपत्रे, गाउँपालिका अध्यक्ष आवास कार्यक्रम, संघ, प्रदेश सरकार लगायतका अन्य नियकासगको साझेदरीमा संचालनमा रहेको र कार्यान्वयनको लागि प्रस्तावित समपूरक बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाको वडा न. ४, ५, ७, ८ र ९ नं. वडा कार्यालयको प्रशासनिक भवन निर्माण, निर्माणधिन थुलुङ दुधकोशी गाउँपालिका खेलग्राम मुक्लीको डिपीआर बमोजिमको थप संरचना निर्माण, गाउँपालिकाको प्रशासनिक भवन, गाउँपालिका स्तरीय सडक आयोजनालाई प्राथमिकतामा राखेको छ ।

थुलुङ दुधकोशी गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम यस्तो छ :

सम्मानित पाँचौ गाउँ सभाका सभाध्यक्ष ज्यू, गाउँसभाका सदस्य ज्यूहरु यो ऐतिहासिक गाउँसभामा थुलुङ दुधकोशी गाउँपालिकाको आ।व। २०७७।०७८ को वार्षिक नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

१. नेपालको संविधान जारी भएपछि मुलुक संघीयता कार्यन्वयनको चरणको मध्यावधि समयमा आईपुग्दा थुलुङ दुधकोशी गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को नीति, कार्यक्रम तथा बजेट यस गरिमामय पाँचौ गाउँसभामा प्रस्तुत गर्न पाउँदा थुलुङ दुधकोशी गाउँपालिकाले गौरवान्वित महशुष गरेको छ । यस अवसरमा थुलुङ दुधकोशी गाउँपालिका नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नेपाली जनताले पटक–पटक गर्दै आएको ऐतिहाँसिक सशस्त्र संघर्ष, जनआन्दोलन लगायत परिवर्तनका लागि भएका सबै आन्दोलनहरुको स्मरण गर्दै समावेशीता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र न्याय एवम् समानताको प्राप्तिका लागि जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान व्यक्त गर्दछ ।

२. चालु आर्थिक वर्ष २०७६।०७७ एवम् अन्य सन्दर्भको समिक्षा

१. थुलुङ दुधकोशी गाउँपालिका, जनताको सबै भन्दा नजिकको सरकार भएकोले आम नागरिकलाई त्यसको अनुभुति दिलाउँन सुरुवात देखि नै हरदम प्रयासरत छ ।दैनिक सेवा प्रवाह, विकास निर्माण र समग्र गाउँपालिकाबासीको आर्थिक एवम् सामाजिक जीवनमा आमूल परिवर्तन ल्याउन हालसम्म गरिएको महत्वपूर्ण कार्यहरुको संक्षिप्त समिक्षा र जानकारी सभा समक्ष प्रस्तुत गर्न चाहान्छु ।

२. थुलुङ दुधकोशी गाउँपालिकाले सोलुखुम्बुका स्थानीय तहहरुमध्ये सबै भन्दा पहिले आफ्नो प्रशासनिक केन्द्र र नाम सर्वसम्मत ढंगबाट टुङ्गयाएका थियौं ।

३. हामीले आम नागरिकहरुको सुलभ, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न प्रदेशकै सुविधासम्पन्न र नमूना परियोजनाको रुपमा हजारौ नागरिकहरुको सहभागीतामा दुधकोशी सामुदायिक अस्पतालको निर्माण कार्य गरिरहेका छौ ।उक्त अस्पतालको भवनको पहिलो तल्लाको ढलान कार्य सम्पन्न भैसकेको छ । अबको करिब १० महिना पछि हामीले उक्त अस्पतालबाट विज्ञ चिकित्सकहरुको टोली सहित सेवा सूचारु गर्नेछौ ।

४. स्थानीय स्तरमा सुलभ मुल्यमा युवाहरुलाई गुणस्तरीय प्राविधिक शिक्षा हाँसिल गर्ने अवसर प्रदान गर्न गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट मिति २०७६।०४।०१ गते सम्बन्धन लिई श्री थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयको स्थापना गरी यसै शैक्षिक शत्रबाट ३ वर्षे Diploma in Civil Engineering को पढाई सुरु गरेको छ । अझ थप खुशिको कुरा यो प्राविधिक शिक्षालय यस गाउँपालिका र प्रदेश सरकारको संयुक्त साझेदारीमा संचालन हुन गईरहेको छ। यसले गर्दा प्राविधिक शिक्षालयको दिगोपना र प्रभावकारीता वृद्धि हुने विश्वास छ र सिभिल ईन्जिनियरिङ बाहेक अन्य विषयको समेत हामी आगामी वर्षदेखि पढाई सुरु गर्नेछौं । प्राविधिक शिक्षालयको नाममा हालसम्म करिब ७।५ रोपनी जग्गा प्राप्त भएको छ भने नयाँ सुविधासम्पन्न भवनको विस्तृत परियोजना प्रस्ताव तयार भई यसै आ।व। २०७६।०७७ बाट प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोगमा कार्यान्वयनको प्रकृयामा अगाडी बढेको छ ।

५. सोलुखुम्बुका पालिकाहरुमध्ये सबै भन्दा पहिले यस गाउँपालिकाले निशुल्क जग्गा व्यवस्थापन गरी प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाहको कामलाई व्यवस्थित बनाउने काम गरेको छ । त्यसै गरी गाउँपालिकाबाट प्रवाह हुने सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सुविधासम्पन्न गाउँपालिकाको पक्की प्रशासनिक भवनको डिपीआर तयार भई संघीय सरकार लगायत अन्य सरोकारवाला निकायसंगको लागत साझेदारीमा निर्माणको कार्य चाँडै अगाडी बढ्न गैरहेको छ ।

६. थुलुङ दुधकोशी गाउँपालिकोले जनतालाई नगरपालिका बाहेकका स्थानीय तहमध्ये सबैभन्दा पहिले लक्ष्मी बैंकको मुक्ली र नेलेमा शाखा स्थापना गरी बैंकिङ सेवा प्रदान गर्न पहल कदमी लिएको छ ।

७. थुलुङ दुधकोशी गाउँपालिकालाई उज्यालो गाउँपालिकाको रुपमा विकास गर्न सुरु देखि नै पहल गरिएको छ । यसै शिलसिलामा यसै गाउँपालिका वडा नम्बर ३ पंचनमा संचालनमा रहेको गाङकु लघुजलविधुतको क्षमता विस्तार गरी पंचन देखि गाउँपालिकाको केन्द्र हुँदै वडा नम्बर ७ देउसासम्म विधुत विस्तार गरियो । साथै अन्य वडाहरुमा संचालनमा रहेको लघुजलविधुतहरुको संरक्षण र दिगोपनाको लागि समेत उचित बजेटको व्यवस्था गरिएको थियो । उज्यालो थुलुङ दुधकोशी गाउँपालिका अभियानलाई अझ दिगो र प्रभावकारी बनाउन गाउँपालिकालाई केन्द्रिय विधुत प्रशारण लाईनमा जोड्न ग्रामिण विधुतिकरणको कार्यक्रम कार्यान्वयन सुरु भएको छ ।

८. गाउँपालिकाको केन्द्र देखि ९ वटै वडा पालिकाको केन्द्रलाई सिधा सडक संजालमा आबद्ध गरिएको छ । त्यसै गरी गाउँपालिकाको करिब ८० प्रतिशत टोलबस्तीहरु ग्रामिण, स्थानीय र कृषि सडकको पहुँचमा जोडिएको छ ।

९. गाउँपालिकाको पहलमा नेले चारघरे गाउँपालिका केन्द्र मुक्लीसम्मको सडकको स्तरउन्नतिको लागि चालु आ।व।मा प्रदेश सरकारबाट ५ करोडको ठेक्का प्रकृया अगाडी बढी काम सुरु हुन लागेको छ ।

१०. यातायात पूर्वाधार निर्माणको क्रममा यस गाउँपालिकामा पर्ने सोलुखोला र दुधकोशी लगायतका नदीहरुमा गरी जम्मा ७ वटा मोटरेबल पूल संघीय र प्रदेश सरकारबाट निर्माणको क्रममा रहेको छ ।

११. यस गाउँपालिकालाई छिमेकी पालिका र जिल्लासंग यातायात संजालको सिधा सम्पर्कमा जोड्ने महत्वपूर्ण परियोजनाको रुपमा रहेको सगरमाथा स्वर्ण सडक परियोजना अन्तर्गत हाम्रो गाउँपालिका क्षेत्रभित्रको सडकको स्तरीकरणको लागि करिब १४ करोडको बजेट विनियोजन भई काम अगाडि बढ्ने प्रकृयामा रहेको छ ।

१२। थुलुङ दुधकोशी गाउँपालिकालाई स्वास्थ्य सेवा, प्राविधिक र व्यवसायिक शिक्षाको हबको रुपमा मात्र नभई खेलकुद क्षेत्रको हबको रुपमा समेत विकास गर्न वडा न।६ मुक्लीको यलाक्सीमा करिब ३२ रोपनी जग्गामा संघीय सरकार, युवा तथा खेलकुद मन्त्रालयसंगको लागत साझेदारीमा सुविधासम्पन्न खेलग्रामको निर्माण सुरु गरिएको छ ।

१३। सबै वडाका प्रत्येक नागरिकहरुमा स्वाच्छ खानेपानीको पहुँच पुर्याउन संचालनमा रहेको खानेपानीहरुको संरक्षण, विकास र दीगोपनाको लागि कार्यक्रम संचालन गरिएको छ ।यसलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारबाट सबै वडाहरुमा रहेको खानेपानीको मुहानहरुको पहिचान गरी एकीकृत खानेपानी परियोजनाको विस्तृत परियोजना प्रस्ताव ९म्एच्० तयार गर्ने कार्य सम्पन्न भएको छ ।

१४। नागरिकहरुको आधारभुत स्वास्थ्य सेवा निशुल्क र अनिवार्य प्राप्त गर्ने संवैधानिक अधिकार कार्यान्वयनमा यस गाउँपालिका गम्भिर र जिम्मेवार भएर संघीय सरकारबाट हस्तान्तरित स्वास्थ्य सम्बन्धी कार्यक्रमका अतिरिक्त स्थानिय आवश्यकता र मागमा आधारित अन्य कार्यक्रम समेत कार्यान्वयन भैरहेको छ । यसमध्ये हामीले सुरुवात गरेको आमा सुरक्षा कार्यक्रम अत्यन्तै प्रभावकारी भएको छ । यो कार्यक्रम कार्यान्वयन भए पछी गाउँपालिकाभित्र मातृमृत्युदर शुन्यमा झरेको र शिशुमृत्युदरमा समेत उलेख्य कमी आएको छ । यो हाम्रो लागि ठूलो सफलता र खुशीको क्षण हो ।

१५। थुलुङ दुधकोशी गाउँपालिकाले आफ्नो नागरिकहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसैले गाउँपालिकाको प्रशासनिक केन्द्र मुक्लीमा प्रभावकारी समन्वयद्धारा छोटो समयमा प्रहरी चौकीको स्थापना र पक्की भवनको निर्माण समेत गर्न सफल भएका छौं ।

१६। हाम्रो गाउँपालिका जनताको स(सानो समस्या अप्ठ्यारो र दुस्खहरुमा समेत हातेमालो गर्ने नीति अनुसार आफ्नो कार्यक्रम र योजनाहरु केन्द्रीत गर्दै अगाडी बढेको छ । यसै अनुरुप हामीले प्राकृतिक विपद् परेका, आर्थिक अभावका कारण उपचारमा समस्या भएका विपन्न र गरिब नागरिकहरुलाई वडा कार्यालयको सिफारिस र माग निवेदनको आधारमा कार्यपालिकाको निर्णय अनुसार आर्थिक सहयोग समेत गरिएको छ ।

१७। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (COVID-19) को संक्रमण नियन्त्रण र रोकथामको लागि नेपाल सरकारले मिति २०७६।१२।११ गतेबाट घोषणा गरेको बन्दाबन्दी (Lock Down) को प्रत्यक्ष प्रभावमा परी राजधानी काठमाडौं र अन्य क्षेत्रमा रहेका करिब १२०० पालिकाबासी नागरिकहरुको निशुल्क उद्धार गरियो । त्यसै गरी बन्दाबन्दी लम्बिदै जाँदा समस्यामा परेका दैनिक ज्याला मजदुरीबाट जिविको पार्जन गर्दै आएका र सुकुम्बासी तथा अति विपन्न नागरिकहरुलाई थुलुङ दुधकोशी गाउँपालिकाले सबै भन्दा पहिले राहतको प्याकेज घोषणा गरी वितरण गरका छौं ।

१८। गाउँपालिका भित्रको बजार क्षेत्र, पहल, होटल लगायतका व्यवसायिक क्षेत्रमा उपाध्यक्षको नेतृत्वमा रहेको पालिका स्तरीय बजार अनुगमन समितिले सरोकारवाला निकायसंगको समन्वयमा निरन्तरको बजार अनुगमन गरी कालोबजारी, कृतिम मुल्यवृद्धि नियन्त्रण गरिएको छ ।

१९। संविधान र प्रचलित कानूनले समेत दण्डनिय मानेको र सामाजिक विकृतिको रुपमा समाजमा रहेको छातिय छुवाछुतलाई न्युनिकरण र अन्त्य गर्न वडा न। ९ लोखिमबाट जातीय छुवाछुतमुक्त वडा घोषणाको अभियान सुरुवात गरिएको छ ।

२०। खेलकुदको माध्यमबाट भातृत्व, सद्भाव, हार्दिकता अभिवृद्धिका साथै स्वास्थ्य र सकरात्मक नागरिक तयार गर्नका साथै आन्तरिक पर्यटन प्रवर्द्धनको लागि बृहत गाउँपालिका अध्यक्ष रनिङशिल्ड प्रतियोगीता तथा महोत्सवको आयोजना गरिएको छ ।

२१। गाउँपालिकामा दैनिक सेवा प्रवाह संगसंगै विकासका आधारभुत पूर्वाधारहरु निर्माणको काम तिव्र गतिमा भैरहेको छ । सडक, शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रको सन्तुलित र प्रभावकारी विकास गरी हाम्रै कार्यकालमा थुलुङ दुधकोशी गाउँपालिकालाई नगरपालिका घोषणा गर्ने योजना समेत रहेको सम्मानित गाउँसभालाई अवगत गराउन पाउँदा गौरवको अनुभुति भएको छ ।

सभा अध्यक्ष ज्यु

३।५ यस सम्मानित गाउँसभामा आ।व। ०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दछु ।

२। थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७।०७८बार्षिक बजेटमा निम्नानुसारका गाउँपालिका स्तरीय कार्यान्वयनमा रहेका र पहिचान भएका गौरवका आयोजनाहरुको थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

२। १, दुधकोशी सामुदायक अस्पताल

२।२, नेले चारघरे मुक्ली गाउँपालिका कार्यालय सडक कालोपत्रे

२।३, गाउँपालिका अध्यक्ष आवास कार्यक्रम

३। संघ, प्रदेश सरकार लगायतका अन्य नियकासंगको साझेदरीमा संचालनमा रहेको र कार्यान्वयनको लागि प्रस्तावित निम्न कार्यक्रमहरुको लागि आवश्कयता अनुसार समपूरक बजेट विनियोजनको व्यवस्था मिलाईनेछ ।

३। १, वडा न। ४,५,७,८ र ९ न। वडा कार्यालयको प्रशासनिक भवन निर्माण

३।२, निर्माणधिन थुलुङ दुधकोशी गाउँपालिका खेलग्राम मुक्लीको डिपीआर बमोजिमको थप संरचना निर्माण

३।३, गाउँपालिकाको प्रशासनिक भवन

३।४, गाउँपालिका स्तरीय सडक आयोजना

४। चालु आ।व। ०७६।०७७ मा सम्झौता भई कार्यान्वयन सुरु भएको तर संघीय र प्रदेश सरकारको राजश्व बाँडफाँड वापतको रकम शिलिङ अनुसार प्राप्त हुन नसक्दा अधुरो रहेको योजनाहरुलाई सम्पन्न गर्न प्राथमिकताका साथ बजेटको व्यवस्था गरिनेछ ।

५। गाउँपालिका भित्रका युवाहरुलाई उद्दमशिल बन्न उत्प्रेरित गरी स्वरोजगार सिर्जना गर्न परियोजना प्रस्तावनाको आधारमा सहुलियत ऋणको व्यवस्था गर्न आवश्यक बजेटको विनियोजन गरिनेछ ।

६। गाउँपालिकाले गरेको विकास निर्माण, सेवा प्रवाह र नयाँ योजना तथा कार्यक्रमको बारेमा नागरिक एवम् आम सरोकारवालाहरुलाई सूसुचित गर्न निजी सरकारी साझेदारीमा एफ।एम। रेडियो संचालन गर्न आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

७। गाउँपालिकाबासी नागरिकहरुको प्रमुख आर्थिक उपार्जनको स्रोत कृषि र पशुपालन रहेकोले किसानहरुले पशु र कृषि व्यवसायमा सामना गरिरहेको रोग, अन्य समस्यासंग जुध्न पर्याप्त कृषि र पशु प्राविधिकहरुको व्यवस्था गरिनेछ ।

८। गाउँपालिका स्तरीय सहकारी मार्फत कोशेली घरको स्थापना र संचालन गरी स्थानीय उत्पादनको प्रचार, प्रवर्द्धन एवम् बजारीकरण गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।

९ खेलकुदको माध्यमबाट शारिरीक तथा मानसिक रुपमा स्वास्थ्य र सकरात्मक युवा शक्ति निर्माण गरी समृद्ध गाउँपालिका निर्माण गर्न रंगशालाको निर्माण गरिनेछ । साथै चालु आ।व। २०७६।०७७ को अध्यक्ष रनिङशिल्ड खेलकुद प्रतियोगिता कार्यक्रमलाई निरन्तरता दिनईनेछ ।

१०। थुलुङ दुधकोशी गाउँपालिकाको ९ वटै वडाहरुमा साप्ताहिक हाट बजार संचालनको व्यवस्था मिलाई आन्तरिक उत्पादनलाई बजारको पहुँचसम्म पुर्याउन आवश्यक व्यवस्था मिलाईनेछ ।

११। सूचना प्रविधि (ICT) को उच्चतम उपयोग मार्फत गाउँपालिका र अन्तर्गतका कार्यालयबाट प्रवाह गरिने सेवाहरुलाई सरल, सहज, छिटो र सेवाग्राहीमैत्री बनाउन आवश्यक व्यवस्था मिलाईनेछ ।

१२। संघीय सरकार र अन्य निकायसंगको साझेदारीमा यस गाउँपालिकाभित्र तोरी पकेट क्षेत्रको स्थापना र विकास गरी तोरी उत्पादनलाई प्रोत्साहित गर्दै खानेतेल आयातलाई प्रतिस्थापन गरिने छ । साथै किसानहरुको महत्वपूर्ण आम्दानीको स्रोतको रुपमा रहेको मौरी पालन व्यवसायलाई व्यवसायिक रुपमा अगाडी बढाउन बजेटको व्यवस्था गरिनेछ ।

१३। वास्तविक कृषक र कृषक समूहको पहुँचमा उन्नत जातका तरकारी, खाद्यन्न, नगदेबाली आदिको बिउ बिजन पुर्याइनेछ । साथै सामुहिक र व्यवसायिक खेती प्रणालीको विकास गर्न प्रोत्साहित गर्ने गरी थप कार्यक्रम बनाई कार्यावन्यन गरिनेछ ।

१४। रसायनिक मल र विषादिको सट्टा क्रमशस् प्राङ्गारिक मल र जैविक विषादीको प्रयोग र खपत बढाउन आवश्यक व्यवस्था मिलाईनेछ ।

१५। गाउँपालिका भित्रको विभिन्न समुदाय र जातजातिको संस्कृति, भाषा, कलाको संरक्षण र विकास गर्न समुदायसंगको साझेदारीमा काम गर्न बजेटको व्यवस्था गरिनेछ । यसै गरी सामुदायिक विद्यालयमा थुलुङ राई लगायतको भाषाको पठन पाठनको लागि पाठ्यक्रम तयारी, प्रकाशन र भाषा शिक्षकको व्यवस्था गर्न बजेटको व्यवस्था गरिनेछ । अन्य भाषाहरुको विकासको लागि सामुदायिक सिकाई केन्द्र संचालन गर्न समेत उचित व्यवस्था मिलाईनेछ ।

१६। गाउँपालिका भित्र रहेको पर्यटकीय स्थल, ऐतिहासिक एवम् धार्मिक, साँस्कृतिक महत्वका स्थानहरुको संरक्षण, प्रवर्द्धन गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने वातावरण सिर्जनाको लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक पर्ने बजेटको व्यवस्था गरिनेछ । साथै सोको लागि नेपाल सरकार, प्रदेश सरकार र अन्य सरोकारवाला नियकासंग साझेदारी गरिनेछ ।

१७। यस गाउँपालिका भित्र रहेको जालिम पोखरी, सुकेपोखरी, घुम्नेपानी पोखरी, डाँडाखर्क, काँगेलडाँडा लगायतका सिमसार, जलाधार, पोखरीहरुको संरक्षण गर्न विस्तृत परियोजना प्रस्ताव (DPR) तयार गरी सोही बमोजिम काम गर्न सरोकारवाला नियकाहरुसंग समन्वय र साझेदारीको व्यवस्था मिलाईनेछ ।

१८। विश्वभर फैलिरहेको कोरोना भाईरस (COVID-19) लगायत अन्य प्रकोप र महामारीजन्य रोग र समस्यासंग जुध्न स्थानीय तह प्रकोप प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्न प्राथमिकताका साथ बजेट विनियोजन गरिनेछ ।

१९। कृषि उत्पादकत्वमा वृद्धि गर्न साना सिंचाई कार्यक्रम र प्रत्येक नागरिकको पहुँचमा स्वाच्छ खानेपानीको पहुँच बृद्धि गर्न खानेपानी आयोजना संचालन गरिनेछ । मझौला र ठूला सिंचाई र खानेपानी आयोजना संचालनको लागि संघ र प्रदेश सरकारसंग समन्वय र पहल गरिनेछ ।

२०। ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित, महिला, आदिवासी जनजाति लगायतको लक्षित वर्गको सशक्तिकरण, क्षमता अभिवृद्धि र संरक्षणको लागि विभिन्न कार्यक्रम संचालन गरिनेछ ।

२१। गाउँपालिकाको केन्द्र देखि प्रत्येक वडाको केन्द्रसम्मको सडक संजालको स्तरीकरण र सुधार गरिनेछ । साथै आवश्कयता अनुसार कृषि, ग्रामिण र स्थानीय सडक निर्माण र स्तरउन्नतिका लागि समेत प्राथमिकताको आधारमा उचित बजेटको व्यवस्था गरिनेछ ।

२२। कृषि योग्य जमिनको खण्डिकरण, व्यवसायिक प्लटिङ जस्ता कार्यलाई निरुत्साहित गरी कृषियोग्य जमिनको संरक्षण गर्ने रणनीति अवलम्बन गरिनेछ ।

२३। आमा हाम्रो भगवान,शिशु हाम्रो सम्पतिू भन्ने नारा सहित चालु आ।व। मा कार्यान्वयन भएको थुलुङ दुधकोशी आमा सुरक्षा कार्यक्रमलाई थप सुदृढ गरी प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाईनेछ ।

२४। बालबालिकाको आधारभुत र माध्यमिक तहसम्म निशुल्क र अनिवार्य शिक्षा प्राप्त गर्न पाउने संवैधानिक हकलाई कार्यान्वयन गर्न संघ,प्रदेश सरकारकसंगको समन्वय र सहकारितामा पूर्ण रुपमा कार्यान्वयन गरिनेछ । त्यसै गरी स्थानीय स्तरमा सुलभ मुल्यमा प्राविधिक र व्यवसायिक शिक्षाको अवसर प्रदान गर्न यस गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा संचालित श्री थुलुङ दुधकोशी प्राविधिक शिक्षालय लगायतको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

२५ ।गाउँपालिकासंग सम्बन्धित विभिन्न तथ्याङ्क र अभिलेख व्यवस्थापन गर्न आवश्यक बजेटको विनियोजन गरिनेछ ।

२६। गाउँपालिका भित्रको विभिन्न आवश्यकता र मागको संकलन गरी गाउँपालिका स्तरीय योजना बैंक स्थापना गरी सोही अनुसार विभिन्न निकायसंग योजना र कार्यक्रमहरुको पहल र माग गरिनेछ । यस प्रकारको योजना बैंक विकास गर्न उपयुक्त बजेटको व्यवस्था गरिनेछ ।

२७। बाल बिबाह, घरेलु हिंसा, जातिय छुवाछुत लगायतका सामाजिक विकृति र समस्याहरुको अन्त्यका लागि समाजमा सचेतना र जागरण ल्याउन कार्यक्रमको लागि बजेटको व्यवस्था गरिनेछ ।

२८। मयुर, कालिज लगायत पंक्षीहरुको संरक्षण र व्यवसायिक विस्तारको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

२९। गाउँपालिकाको केन्द्र वडा न। ६ मुक्लीमा संचालनमा रहेको घरबास पर्यटन (Home stay) कार्यक्रमलाई वडा नम्बर ८ देउसाको रनेम लगायतमा थप विस्तार गरी स्थानीय नागरिकहरुको आर्थिक जीवनस्तरमा सुधार ल्याउन आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

३०। अघिल्लो आर्थिक वर्ष देखि गाउँपालिकाको केन्द्रमा गाउँपालिकाको गौरवको आयोजनाको रुपमा अघि सारिएको एकीकृत नमूनाबस्ती कार्यक्रमलाई संशोधित डिपिआर बमोजिम क्रमबद्ध रुपमा कार्यान्वयन गर्न आगामी आर्थिक वर्षको वार्षक बजेटमा आवश्यक रकम विनियोजन गरिनेछ ।

३१। जनयुद्ध लगायत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका साथै परिवर्तनको निम्ति भएको सबै प्रकारका आन्दोलन र संघर्षका क्रममा घाइते र अपाङ्ग व्यक्तिहरुको समस्या सम्बोधनका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

३२। गाउँपालिका भित्रको पर्यटन क्षेत्रहरुको पहिचान गर्दै रणनीतिक पर्यटन कार्ययोजना तयार गरेर सो को कार्यान्वयन गरी पर्यटन क्षेत्रको विकास मार्फत रोजगारी सिर्जना गर्न बजेटको व्यवस्था गरिनेछ ।

३३। गाउँपालिकाको प्रशासनिक केन्द्र, वडापालिकाको केन्द्र र बजार क्षेत्रमा उत्सर्जन हुने जैविक तथा अजैविक फोहोरहरुको संकलन, प्रशोधन र व्यवस्थापन कार्यको लागि सरकारी तथा गैरसरकारी क्षेत्रसंगको साझेदारीमा कार्यक्रम अगाडी बढाईनेछ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार