७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

प्रमुख आयुक्त दिनेश थपलिया र केपी ओलीको बोली कसरी मिल्यो :वर्षमान पुन


१८ बैशाख २०७९, आइतबार  

0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको पछिल्लो अभिव्यक्ति नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको धारणासँग मिलेको उनको दाबी छ ।

मे दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा नेता पुनले निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्न आयोगलाई आग्रह गरे । निर्वाचन आयोग आज रेफ्रीको भूमिकामा रहेको भन्दै उनले भने, ‘रेफ्री आफैं मैदानमा ओर्लेर खेल खेल्न लाग्यो, गोल हान्न लाग्यो भने त्यो खेल कस्तो हुन्छ रु म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहान्छु, मतदाताले देख्ने गरी रेफ्रीको भूमिकामा बसिदिनुस् ।’


प्रमुख आयुक्त थपलियाले ‘मतपत्र बलियो कागज राखेका छौं अब चपाउन, च्यात्न सकिँदैन’ भनेको भन्दै नेता पुनले भनेका छन्, ‘केपी ओलीजीको बोली र निर्वाचन आयोगको प्रमुखको बोली कसरी मिल्यो रु यसमा हाम्रो आपत्ति छ ।’

सो कार्यक्रममा बोल्दै पुने भने ‘निर्वाचन आयोगप्रति हाम्रो विश्वास छ, तर यस्ता बोलीहरुप्रति हाम्रो आपत्ति छ । कुनै नेता विशेष, कुनै पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न मिल्दैन ।’

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १० : ५२ बजे