नेचासल्यान गाउँपालिकामा गठबन्धन गरेको माओवादी र नेकपा एसको प्रतिबद्धता पत्र, के के छन् योजना ?

  सगरमाथा अनलाईन
140 Shares

सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिकमा गठबन्धन गरेको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

१७ बुँदे प्रतिबद्धता पत्रमा दल र विचारका आभारमा विभेद नगर्ने, नातावाद र कृपावादलाई त्याग्ने, भष्ट्राचार र अपारदर्शी गतिविधि नगर्ने प्रतिबद्धता गर्दै विकसित, गतिशील र सम्वृद्ध नेचासल्यानको संकल्प गरेको छ ।

शिक्षामा सूचना प्रविधिको प्रयोग गर्दै व्यवसायिक र प्राविधिक शिक्षा दिएको छ भने गाउँपालिकाले स्वास्थ्य विमा गरिदिने देखि मोबाइल हेल्थ सर्भिस संचालन गर्ने, सार्वजनिक स्थानमा निशुल्क इन्टरनेट देखि डिजिटल गाउँपालिका निर्माण गर्ने योजना अघि सारेको छ ।

प्रतिबद्धतामा यातायातको सवालमा सदरमुकाम, ओखलढुंगा र वडा र पालिका जोड्ने सडकलाई कालोपत्रे गर्ने, बसपार्कको स्थापना लगायतका काम गर्ने र एक घर एक धाराको अभियान संचालन गरिने उल्लेख गरिएको छ ।

उज्यालो नेचासल्यान अभियान अन्तरगत राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने, कृषकलाई सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने, कृषिलाई पर्यटनसँग जोड्ने, तुइनटार, फुर्के, सुकेपोखरी, चिसापानी, गैरी, गौरीटाप, तिल्पुङ डाँडासम्म पदमार्ग निर्माण गर्ने, गाउँपालिकाले बहुउद्देश्य सहकारी संचालन गर्ने, आगोलागि नियन्त्रणका लागि फायर ल्याण्डको व्यवस्था गर्ने, लिफ्टीङ परियोजनाबाट सिंचाइको व्यवस्था मिलाउने, जनताको पहूँचमा प्रशासनिक सेवा पु¥याउने, एक वडा एक सहकारी बजार संचालन लगायतका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार