कोरोनाबाट थप १ को मृत्यु, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५ पुग्यो !

Facebook Debugger

काठमाडौं । नेपालमा थप १ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गराई रहेका स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ ।

प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यका अनुसार उनी गत असार ८ गते अस्पतालमा भर्ना भएका थिए । सघन कक्षमा राखेर उनको उपचार भइरहेको थियो ।

ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको समेत अस्पतालले जनाएको छ । कोभिड–१९ पोजेटिभ भई उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका यी पुरुष दोस्रो व्यक्ति हुन् ।

यस अगाडि पनि स्याङ्जाकै कोरोना पोजेटिभ १ पुरुषका मृत्यु भएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार