कोरोनाबाट विश्वभर संक्रमितको संख्या १ करोड नजिक !

Facebook Debugger

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वभर संक्रमित हुनेको संख्या १ करोड नजिक पुगेको छ ।

बिहीवार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९५ लाख २६ हजार ३ सय ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर झण्डै २ लाख व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

कोरोना भाइरसका कारण हालसम्म ४ लाख ८४ हजार ९ सय ५६ जनाले ज्यान गुमाएका छन् भने ५१ लाख ७४ हजार ६ सय ८६ निको भएर घर फर्किएका छन् ।

यो समाचार तयार पार्दासम्म ३८ लाख ६६ हजार १ सय ८६ जना कोरोना भाइरसका बिरामी छन् । तीमध्ये ५८ हजार ४ सय १८ जना सिकिस्त छन् ।

विश्वका २ सय १५ राष्ट्रमा कोरोना भाइरसको महामारी फैलिएको छ । पछिल्लो समय सयुंक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् ।

अमेरिकामा २४ लाख ६२ हजार ५ सय ५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १ लाख २४ हजार जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

अमेरिकापछि ब्राजिलमा संक्रमितको सङ्ख्या बढी छ । ब्राजिलमा ११ लाख ९२ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ । ज्यान गुमाउनेको संख्या ५३ हजार ८ सय ७४ पुगेको छ ।

यस्तै रसियामा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ लाख ६८ हजार निको भएर घर फर्किएका छन् भने ८ हजार ५ सयले ज्यान गुमाएका छन् ।

छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्यामा वृद्धि भएको छ । अमेरिका, ब्राजिल र रसियापछि सबैभन्दा बढी संक्रमित भेटिएको देशमा भारत पर्छ ।

भारतमा समाचार तयार पार्दासम्म ४ लाख ७२ हजार ९ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ भने १४ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसबाट युरोपेली देशमा २३ लाख ५६ हजार ९ सय १० जना कोरोना संक्रमित भएका छन् । यीमध्ये १३ लाख १ हजार निको भइसकेका छन् भने १ लाख ८९ हजार जनाले ज्यान गुमाएका छन् ।

उत्तर अमेरिकी मुलुकमा २८ लाख ६७ हजार ५ सय जना कोरोना भाइरस संक्रमित भएका छन् । तीमध्ये १ लाख ५९ हजार ८ सय जनाले ज्यान गुमाएका छन् भने १३ लाख संक्रमित निको भइसकेका छन् ।

एसियाली मुलुकमा सबैभन्दा प्रभावित देश भारत रहेको छ । त्यसपछि इरान, टर्की, पाकिस्तान र साउदी अरबमा बढी संक्रमित देखिएका छन् ।

एसियाली मुलुकमा २० लाख २६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दासम्म एसियाली मुलुकका ५० हजारले ज्यान गुमाइसकेका छन् भने १३ लाखभन्दा बढी निको भइसकेका छन् ।

अफ्रिकी मुलुकमा ३ लाख ३८ हजार जना कोरोना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार ८ हजार ८ सय जनाले ज्यान गुमाएका छन् भने १ लाख ६३ हजार निको भएर घर फर्किएका छन् ।

यस्तै नेपालमा बिहीवार बिहानसम्म १० हजार ७ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । यस्तै २ हजार ३ सय ३८ जना निको भएर घर फर्किएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार