सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु !

Facebook Debugger

सप्तरी । सप्तरीमा बिहीबार बिहान चट्याङ लागेर ४ जनाको ज्यान गएको छ ।

डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षिया ललितादेवी यादव, महादेवा गाउँपालिका–२ का ६० वर्षीय छेवी ठाकुर, सोही स्थानका २७ वर्षीय बेतन यादव र राजगढ गाउपालिका-३ का केसीलाल साह मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले चट्याङ लागेर ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

केसीलाल साहको उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर थप ३ जना घाइते भएका छन् ।

चट्याङ लागेर घाइते भएकी राजगढ गाउँपालिका–३ का १८ वर्षीय आशा मण्डलको गजेन्द्रनारायण सिंह अस्पताल उपचार भइरहेको छ। राजगढ र महादेवाका अन्य २ घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार