पाटन अस्पतालमा कोरोनाबाट १ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो !

Facebook Debugger

काठमाडौं । पाटन अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमतिको मृत्युभएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय ललितपुरका प्रमुख डाक्टर खगेन्द्र गेलालका अनुसार पाटन अस्पतालमा उपचारत ५० वर्षका एकजना पुरुषको आज बिहान ७ बजे मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

मृतकको स्थायी ठेगाना चितवन भएको र उनी ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका टिकाथलीमा बस्दै आएक थिए ।

डा. गेलालका अनुसार ५ महिना अघि ती पुरुषको मिर्गौला प्रत्योपण गरिएको थियो । केही समयमा अघि स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिक अस्पतालले कोरोना भाइरस संक्रमणको आशंका गरी स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । कोरोनाको पुष्िट भएपछि ६ दिनअघि उनलाई नर्भिक अस्पतालबाट पाटन अस्पतालमा सारिएको थियो ।

कोरोना संक्रमितको बिहान ७ बजे मृत्यु भएको र बिहानै शव पनि व्यवस्थापन भइसककेको डा गेलालले बताए ।

‘उहाँको आज बिहान ७ बजे नै मृत्युभएको थियो । नेपाली सेनाको सहयोगमा बिहान १० बजे शव व्यवस्थापन पनि भइसक्यो,’ डा. गेलालले भने, ‘ललितपुरको राजदलगणका नेपाली सेनाले मृतकको शव पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिएको हो ।’

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार