भौतिक विकासमा यसरी फड्को मार्यो थुलुङदुधकोशी गाउँपालिकाले

असिम राईको राजनैतिक छलाङ, पार्टी अध्यक्ष देखि राष्ट्रिय जिम्मेवारीसम्म

  सगरमाथा अनलाईन

सोलुखुम्बु । २०७४ सालको स्थानीय चुनावमा ३३ वर्षे ठिटो टिकट लिएर स्थानीय सरकार प्रमुखको लागि चुनावी मैदानमा होमियो । त्यो पनि पालिकामा तेश्रो संगठन भएको पार्टी माओबादी केन्द्रबाट । पढेलेखेको र जोसिलो युवा असिम राईलाई पालिकाको चुनाव जित्नु फलामको चिउरा चपाउनु जस्तै थियो ।

दरिलो संगठन भएको पार्टी नेपाली काँग्रेस भित्रको आन्तरिक विभाजन र बागि उम्मेदवारले असिमलाई पालिको अध्यक्षको कुर्सीमा पु¥यायो । त्यस पछि उनले स्थानीय सरकार र पार्टी दुवै तिर आफ्नो पक्कड दरिलो पार्न थाले । सोलुदुधकुण्ड नगरपालिका पछि दोश्रो मतदाता रहेको र राजनैतिक सुझबुझ पूर्ण पालिकामा आफ्नो निति कार्यक्रम लागु गर्नु आफैमा जटिल थियो । विकासमा ठूला ठूला सपना देख्ने उनलाई कार्यस्थल बनाउनु नै पहिलो चुनौति थियो । यो पङ्तिकार उनी निर्वाचित हुना साथ मुक्लिमा रहेको पालिकामा पुग्दा गाविसको जिर्ण भवन, एउटै कोठामा चिया पकाउने ग्यास चुल्होदेखि अध्यक्ष, उपाध्यक्ष अनि सबै प्रशासनिक कर्मचारीहरु कोचिएर काम गरेको देखिएको थियो । तर उनले आफ्नो अब्बल क्षमता प्रदर्शन गरि पालिकाका नाममा निशुल्क जग्गा ग्रहण गरेर पालिकाको आफ्नै सुविधा सम्पन्न भवन बनाए त्यो पनि एक बर्ष भित्रै । अनि शुरुवात भयो विकासको श्रृंखला । पालिकामा बैंक स्थापना गर्नु, जनताको जिउधनको रक्षाको लागि प्रहरी चौकी स्थापना गर्नु, अनि स्वास्थ्यचौकीहरुलाई स्तरीय बनाउनु उनको दोश्रो काम हो ।

पालिकाको केन्द्र र नाम बेलैमा टुंग्याएका उनले अन्य भौतिक विकासको रफ्तारलाई कहिल्यै रोकेनन् । पालिकाकामा प्रदेश र संघीय सरकार मार्फत योजना भित्र्याउनका लागि उनको दौडधुप कम थिएन । पालिकामा प्राविधिक शिक्षालयको स्थापना गरि पठन पाठन शुरुवात गराउनु, कृषि परियोजना भित्र्याई नगदे बालिमा कृषकहरुलाई अनुदान दिनु अनि जनताको सहजताको लागि टोलटोलमा मोटरबाटो पु¥याउन सक्नु उनको तेश्रो सफलता हो । मुक्लिमा ईन्जिनियरिङ विषय मात्र नभएर लोखिममा कृषि धारको पढाई थालनि गर्नु पनि शैक्षिक जगतमा उनको सफलता हो । यही महिना भित्र सम्पन्न हुने गरि पालिकाको पक्कि भवन बन्दै छ भने प्रहरी चौकीलाई पक्कि भवन बनाएर स्थानान्तरण गराई सकेका छन् । खेलकुद मैदान निर्माण, सुकेपोखरीलाई पर्यटकीय क्षेत्र निर्माणका लागि करोडौँको बजेट भित्र्याउनु उनको अर्को सफलता हो । गाउँमा टेलिफोनको नेटवर्क पुर्याउन टेलिकम टावरहरु स्थापना गर्नु, हरेक वडा, विद्यालय र स्वाथ्य चौकी तथा प्रहरी चौकीहरुमा दु्रत गतिको ईन्टरनेट सेवा पुर्याई प्रविधिमा आधारि सेवा दिलाउन उनी शुरुवातको पहिलो बर्षमै सक्षम भएका थिए । पालिका, प्रदेश तथा संघिय सरकारको समन्वयमा मोटरेबल पुल निर्माणको थालनी पनि उनले आफ्नै कार्यकालमा गर्न सकेका छन् । स्थानीय शिक्षा ऐन जारी गरि अदालत सम्म पुगे पनि मुद्दा जितेर शिक्षा ऐन लागु गराई छाडेका उनलाई आस्थाका आधारमा शिक्षक शुरुवा गरेको भनेर विपक्षि पार्टीहरुले भने कडै आलोचना गरिरहेका छन् । उनी भने बिषय शिक्षकको व्यवस्थापनका लागि सरुवा जरुरी रहेको जिकिर गर्छन् ।

सरकार प्रमुख नहुँदा पार्टीको जलविद्युत विभागको जिम्मा पाएका उनका लागि निर्वाचित भईसके पछि पालिका क्षेत्रमा रहेका अरबौँ लगानीका जलविद्युत आयोजनालाई बसमा राख्न धेरै नै सहज बन्यो । जलविद्युत आयोजनालाई सामाजिक उत्तरदायीत्वको बजेट र कार्यक्रमहरु आफ्नो अनुकुल कार्यान्वयन गर्न उनी चतुर ठहरीए ।

थुलुङ गाउँको महायज्ञ, जस्लो बनायो करोडौँको अस्पताल

थुलुङदुधकोशी जातिय हिसावले थुलुङहरुको बाहुल्यता रहेको क्षेत्र हो । त्यहाँ पण्डित ल्याएर महायज्ञ सफल पार्नु आफैँमा चानचुने कुरा थिएन । यस्तो अवस्थामा पनि पिण्डत दिनबन्धु पोख्रेल ल्याएर सप्ताह ज्ञान महायज्ञ चलाउन सफल भए असिम । केवल धर्मकर्म र भजन कृतन मात्रै भएन पुराणमा । त्यहाँ त दुधकोशी सामुदायीक अस्पताला बनाउनका लागि जनस्तरबाट करोडौँको रकम संकलन भयो । स्थानीयले हजार रुपैँयादेखि विसौँ लाख सम्म महायज्ञमा चढाए, अस्पताल बनाउनका लागि । नेतृत्व क्षमता र छिट्टो माहोल बुझ्न सक्ने चातु¥यता भएका उनी १ नम्बर प्रदेशको गाउँपालिका महासंघको कोषाध्यक्ष बने । अनि शुरुवात भयो उनको माथिल्लो तहको सरकारका पदाधिकारीसँगको हिमचिम । छोटो समयमा प्रदेशका अर्थमन्त्रि ईन्द्रआङ्बोलाई दाहिने हातमा लिन सफल उनले प्राविधिक शिक्षालय, दुधकोशी सामुदायीक अस्पताल, सडक र खेलमैदानका लागि बजेट ल्याउन सफल भए । नेकपा माओबादी र नेकपा एमाले मिलेर नेकपा बने पछि तत्कालिन मुख्यमन्त्रि शेरधन राई बाट पनि उनले धेरै नै काम लिन सफल भए । फलस्वरुप अहिले दुधकोशी सामुदायीक अस्पतालको सुविधासम्पन्न भौतिक सम्रचना बनिसकेको छ ।

जिल्ला सदस्य हुँदै पार्टी अध्यक्ष सम्मको यात्रा…

उनका लागि यो ५ बर्ष राजनैतिक जीवनमा पनि निकै फलिफापूर्ण रह्यो । जनप्रतिनिधि निर्वाचित हुनु अघि जिल्ला कमिटि सदस्य रहेका असिम यही ५ बर्षमा प्रदेश कमिटि सदस्य हुँदै पार्टीको कजिल्ला अध्यक्ष नै बने । यति मात्रै होईन अर्थमन्त्रि नेतृत्वको अर्थ समितिको सदस्य समेत अघल्लिो बर्ष नै बन्ने मौका पाए । देश भरका स्थानीय सरकारका प्रमुखहरु मध्येबाट उनी नै अर्थमन्त्रि जनार्दन शर्माको रोजाईमा परे । अनि पार्टी भित्र जनार्दन शर्मासँग उनको सम्बन्ध विस्तार भयो । पार्टी नेतृत्वसँग सिधा पहुँच स्थापित गर्ने मौका मिल्यो असिमलाई । ५ बर्ष अगाडी पार्टी नेतृत्वबाट एउटा टिकट लिएर राजननिति शुरु गरेका उनले ५ बर्ष पछि जिल्ला भरिका टिकट वितरण गर्ने निर्णायक भुमिकामा पुगे अनि आफुले चाहेका मान्छेलाई टिकट दिलाउन सफल भए ।

उनी अब फेरी एक पटक पालिकाको नेतृत्वमा दोहोरिनका लागि चुनावी मैदानमा छन् । सामुदायीक अस्पतालको सुसञ्चालन, पालिका केन्द्र र अन्य रणनितिक सडकहरु कालोपत्रे गर्ने, नगरिकहरुलाई सहज सेवा प्रदान गर्ने, बाँकी रहेका भौतिक विकासलाई पूर्णता दिई ग्रामिण अर्थतन्त्रलाई मजबुद बनाउने उनको प्राथमिक्ता छन् । उनले पालिकालाई नेपालकै नमुना बनाई जनताको जीवनस्तर उकासि आफुले माथिल्लो फड्को मार्ने बताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार