नेचासल्यान गाउँपालिकाका जनप्रतिनिधीले ४ वर्षमा  घुमेरै सके १ करोड ३१ लाख ७८ हजार

आ.व. ०७७/०७८ मा मात्रै ४३ लाख ५८ हजार १२० भ्रमण खर्च

  सगरमाथा अनलाईन
3.2k Shares

सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिकाका जनप्रतिनिधीहरुले ४ वर्षमा घुमेरै १ करोड ३१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ खर्च गरेका छन् । गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको जनप्रतिनिधीको टोलीले भ्रमण खर्च शीर्षकमा ४ वर्षमा अनावश्यक रुपमा करोडौं खर्च गरेका हुन् ।

जनताको सेवा गर्ने भन्दै निर्वाचित भएका जनप्रतिनिधीले आर्थिक वर्ष ०७४/०७५ देखि ०७७/०७८ सम्म ४ वर्षमा मात्रै आलिशान भ्रमण खर्च गरेका छन् । आ.व. ०७४/०७५ मा २४ लाख ९८ हजार १ सय ८९ रुपैया भ्रमण शीर्षकमा खर्च गरेका छन् । त्यसैगरी आ.व. ०७५/०७६ मा भ्रमण खर्च शीर्षकमा ३० लाख ५० हजार रकम खर्च गरेका छन् ।

त्यसैगरी आ.व. ०७६/०७७ मा भ्रमण खर्च शीर्षकमा २९ लाख ९७ हजार ५८ रुपैयाँ र अन्तर जिल्ला भ्रमण शीर्षकमा २ लाख ७५ हजार ३ सय २० रुपैयाँ गरी कुल ३२ लाख ७२ हजार ३ सय ७८ रुपैयाँ घुमेरै सकेका छन् । आ.व. ०७७/०७८ मा सबैभन्दा बढि भ्रमण शीर्षकमा ३९ लाख ८२ हजार ८ सय र अन्तर जिल्ला भ्रमणमा ३ लाख ७५ हजार ३ सय २० रुपैयाँ गरी कुल ४३ लाख ५८ हजार १ सय २० रुपैयाँ घुमेरै खर्च भएको छ ।

आ.व. ०७७/०७८ मा विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वका अधिकांश देश लकडाउन गरिएको थियो । नेपालमा पनि करिब २ महिना भन्दा बढि लकडाउन र १ महिनाभन्दा बढि निषेधाज्ञा गरिएको थियो । तर, सोहि अवधिमा नेचासल्यानका जनप्रतिनिधीले सबैभन्दा बढि भ्रमण खर्च शीर्षकमा करिब ४४ लाख रकम खर्च गरेको तथ्यांक छ । देशै लकडाउनले ठप्प भएको बेला नेचासल्यानका जनप्रतिनिधीले कसरी झण्डै आधा करोड रकम १ वर्षमा घुमेरै (भ्रमण खर्च) खर्च गरे त ? यसको हिसाब किताब आम नेचासल्यान बासीले के कसरी खर्च गरिएको हो भन्ने विषयमा जान्ने अधिकार सूचनाको हकले प्रत्याभूति गरेको छ ।

आ.व. ०७७/०७८ मा विनियोजन र खर्च भएको भ्रमण खर्च हेर्नुहोस 

आ.व. ०७६/०७७ को भ्रमण खर्च हेर्नुहोस 

आ.व. ०७४/०७५ र ०७५/०७६ को भ्रमण खर्च हेर्नुहोस 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार