शुक्रबार एकैदिन थपिए ५९३ कोरोना संक्रमित, कुन जिल्लामा कति ? [हेर्नुहोस सूचीसहित]

Facebook Debugger

काठमाडौं । नेपालमा शुक्रबार थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ११ हजार ७ सय ५५ पुगेको जानकारी दिएका हुन् ।

१ सय ७ महिला र ४ सय ८६ पुरुष गरी ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । हालसम्म रसुवा बाहेक ७६ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुन जिल्लामा कति थपिए ?

डा. गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका एकजना महिला र एकजना पुरुष, झापाका एकजना पुरुष रसुनसरीका ४ जना महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एकजना महिला र २ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २ महिला र १० जना पुरुष, महोत्तरीका ४ जना पुरुष, सिराहाका एक महिला र ५ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका एकजना पुरुष, बैतडीका ५ महिला र २० पुरुष, बझाङका ३ महिला र ६ जना पुरुष, बाजुराका १० जना महिला र १७ जना पुरुष, बाराका २ जना पुरुष, दार्चुलाका ३ जना पुरुष, डोटीका १७ जना महिला र २९ जना पुरुष, गोरखाका ५ जना पुरुष, कैलालीका ८ जना महिला २२ जना पुरुष, कंचनपुरका ८ जना महिला र ३४ जना पुरुष, कपिलवस्तुका एकजना महिला र ८ जना पुरुष, रौतहटका २ जना महिला र ४४ जना पुरुष र सल्यानका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा गोरखाका एकजना पुरुष, नवलपरासी पुर्वका २ जना पुरुष, नुवाकोटका एकजना पुरुष र काठमाडौंका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २ महिाल र १० जना पुरुष, कैलालीका एकजना पुरुष, नवलपरासी पुर्वका २ महिला र १९ पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा गुल्मीका ४ महिला र ८ जना पुरुष, कपिलवस्तुका २ जना महिला र ६ जना पुरुष, रौतहटका एकजना महिला र ४ जना पुरुष र सिन्धुलीका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका एक महिला र ४ जना पुरुष र सिन्धुलीका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका एनना महिला र एकजना पुरुष, लमजुङका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एकजना पुरुष, तनहुँका २ जना पुरुष र स्याङ्जाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ महिला र एकजना पुरुष, गुल्मीका २ महिला र ११ जना पुरुष, कपिलवस्तुका एकजना महिला र ३ जना पुरुष, पाल्पाका एकजना महिला र ७५ पुरुष, नवलपरासीका एकजना पुरुष, रुपन्देहीका ४ महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका १४ जना महिला र ६१ जना पुरुष र प्युठानका २० जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ५ जना पुरुष,जाजरकोटका २ जना पुरुष, मुगुका एकजना पुरुष, सल्यानका ३ जना पुरुष, सुर्खेतका ८ जना महिला र ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णालीस्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा बैतडीका एकजना जुम्लाका एक महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

कोरोना संक्रमणबाट निको हुने २६९८ पुगे

नेपालमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना भाइरस संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार ६ सय ९८ पुगेको छ । शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमध्ये ८ जना महिला र पुरुष ४० रहेका छन् ।

कोरोनाले हालसम्म २७ को मृत्यु

नेपालमा शुक्रबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दाङमा अचेत अवस्थामा भेटिएकी महिलामा कोरोना पुष्टि भएको छ । उनको राप्ति अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको घोषणा गरिएको थियो । उनको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका(९ पुरुष, दैलेखको दुल्लु-११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका(१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका(११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर-४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका-४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख-३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुष गरी २६ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार