जुम्लामा निर्वाचन सुरक्षाका लागि १७२१ जना सुरक्षाकर्मी परिचालन

जुम्ला । जुम्लामा निर्वाचन सुरक्षाका लागि १७२१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित बनाउन आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको हो ।

निर्वाचन सुरक्षाका लागि ४३२ जना नेपाल प्रहरी, ३५० जना नेपाली सेना, २७० जना सशस्त्र प्रहरी र ६६९ जना म्यादी प्रहरी परिचालन गरिएको छ ।

सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्ऽको सूचना सङ्कलन तथा स्थलगत निरीक्षणको काम गरिरहेको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने, ‘निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ति खटिइसकिएको छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार