संघर्ष जुझारु,त्यागि नेता आफू निर्वाचित भए आफ्नो पारश्रमिक दिनदुःखीहरुलाई खर्च गर्छु :उम्मेदवार विनय प्रसाद

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा ललितपुर महानगरपालिका वडा नंं २ का लागि कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार विनय प्रसाद जोशीले आफू अध्यक्ष पदमा निर्वाचित भएमा आफूले मासिक रुपमा पाउने पारश्रमिक नलिने घोषणा गरेको छ ।

उहाँले आफू निर्वाचित भएमा मासिक पारश्रमिकलाई वडा स्तरमा विशेष कोष खडा गरी समस्यामा परेका असाह्य,गरिब, दलित, विपन्न, अपाङ्गता भएका लगायतका लागि खर्च गर्ने घोषणा गरेका छन् ।

उनले भने, ‘जनताको सेवाका लागि जनप्रतिनिधि भएर आउने हो, राज्यको सुबिधा लागि मेरा लागि आवश्यक नभएका कारण त्यो सुबिधा जनताका लागि नै खर्च गर्छु। किनकी जनताले दिएको मतले नै म बिजयी बन्ने हो।’

आफ्नो वडा मा पूर्वाधार विकास, बेरोजगार समूहलाई सीप तथा प्रशिक्षण, शिक्षा, स्वास्थ्य, खेल लगायतका क्षेत्रको विकास गर्नुपर्ने भएकाले आफूले त्यसैमा ध्यान दिने उम्मेदवार जोशीले बताए ।

अघिल्लो ५ बर्ष का लागि निर्वाचित भएका वडा अध्यक्षले वडामा सन्तोषजनक काम गर्न नसकेको र वडावासीहरुको समस्यालाई बेवास्ता गरेको उनको भनाई छ ।

विनय प्रसाद जोशी,२.न.वडा अध्यक्ष उम्मेदवार

उहाँले यसपटक आफूलाई वडावासीहरुले आफ्नो अमूल्य भोट प्रदान गरी अत्याधिक मतले रुख चिन्हमा छाप लगाई आफू र आफ्नो प्यानललाई नै जिताउन अनुरोध गरेका छन् ।

उम्मेदवार जोशीले आफ्नो प्रतिबद्धता अनुसार वडामा असल सुशासन, अनुशासनको अनुभुति हुने गरि कार्य संचालन गर्ने, टोलवासीको सहजताका लागि सरकारी कामकाज गर्ने जस्तै मालपोत, भुमिसुधार, धारा, बत्ति, टेलिफोन कार्यालयमा जाँदा वडाबासीहरुलाई दुःख नहोस् भनी सहजताका लागि स्वयंसेवक खटाइने व्यवस्था समेत मिलाउने योजना बनाएको बताए ।

त्यस्तै स्वच्छ र सफा वातावणको लागी पार्क संरक्षण गरि व्यवस्थित गर्ने, महिलाहरुलाई लक्षित गरी सीपमूलक तालिम दिई उत्पादित सामानहरुको विक्री वितरणसम्मको जिम्मा वडाले नै लिने जस्ता प्रतिबद्धता व्यक्त गरेको छ ।

 

त्यसैगरी २ नं। वडामा रहेको सार्वजनिक जग्गाहरुको उचित संरक्षण गर्ने तथा फोहरमैलामा लिदै आएको दोहोरो करमा छुट गरि एकतर्फी मात्रै करको व्यवस्था गर्ने र वडावासीहरुको स्वास्थ्य बीमा निःशुल्क गराउने जस्ता योजनाहरु उम्मेदवार जोशीले अघिसारेका छन् ।

उहाँले आफू अध्यक्ष भएमा वडाको कार्य दु्रत गतिमा गराउन सबै कामहरु डिजिटल मैत्री गर्ने बताए । त्यस्तै आफ्नो वडामा २४ सै घण्टा सुरक्षित साथ हिँड्डुलका लागि ठाउँठाउँमा सीसी क्यामरा लगायत उज्यालो बत्तीको व्यवस्था गर्ने बताए ।

ललितपुर महानगरपालिका वडा नं। २ भित्र रहेका मठ मन्दिर संम्पदाहरुको संरक्षण सम्र्वद्धनका लागि टोलवासीहरुसँग सरसल्लाह गरी प्रत्येक वर्ष बजेट बिनियोजन गर्ने बताए ।

उम्मेदवार जोशीले वडामा रहेका विभिन्न जातिहरुको आ–आफ्नो परम्परा अनुसारको बाजा तथा पोशाकहरु संरक्षण गर्दै आवश्यक अनुसार तालिम दिने, जेष्ठ नागरिकहरुलाई निःशुल्क धार्मिक भ्रमणको व्यवस्था गर्ने, स्थानिय कलाकार, खेलाडी तथा विभिन्न सेवा मूलक पेशामा रहेका व्यक्तिहरुलाई प्रोत्साहन गर्ने गरि कार्यक्रम गर्ने जस्ता प्रतिबद्धता जनाएको छ ।

 

उहाँले आफ्नो घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरु पुर्ण इमान्दारीताका साथ पालना गर्ने गराउन लागी पर्ने र वडावासीहरुको राय सल्लाह सुझाव तथा दिशानिर्देश अनुसार नै आफू चलायमान हुने र एक कुशल वडा अध्यक्ष बन्ने प्रण लिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार