मेरो प्रतिस्पर्धी काठमाडौंमा छ जस्तो लागेकै छैन :केशव स्थापित

0 Shares

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरका मेयरका उम्मेदवार केशव स्थापितले काठमाडौं महानगरमा आफ्नो प्रतिस्पर्धी नै कोही नरहेको बताएका छन् ।

एमालेले काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै,आफ्नो जित निश्चित रहेको दाबी गरे । ‘यो सभा विजयी उत्सव हो कि, मलाई नै कन्फ्युज भएको छ,’ स्थापितले भने, ‘प्रतिस्पर्धी छ जस्तो लागेकै छैन । मेरो प्रतिपक्षमा नै उभिएकै छैन । काठमाडौं कस्तो बनाउने भनेर आउन पर्दैन रु’

आफू निर्वाचित भए,काठमाडौंको फोहोर समस्या एक वर्षपछि स्थायी समाधान निस्कने उनले दाबी गरे । कांग्रेसले भविष्यमा फोहोरका लागि राजनीति गर्न नपाउने स्थापितले बताए । एक वर्षभित्र धुलो र धुवाँको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार