नेपालमा कोरोनासँगै सलहको त्रास,बच्ने उपाय के छ

Facebook Debugger

काठमाडौं । नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो वर्ष सलह किरा नआउने निचोडसहितको प्रतिवेदन मन्त्रालयमा पेश गरेको थियो ।

मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाई नेतृत्वमा कार्यदल गठन भएको थियो । यो कार्यदलले नेपालमा यो वर्ष सलह किरा भित्रिने सम्भावना न्यून रहेको प्रतिवेदनमा उल्लेख छ । आगामी वर्षहरूमा भने सचेत हुनुपर्ने कार्यदलको सुझाव थियो । सलहको फैलावत र तिनका गतिबारेमा, अल जजिरा टेलिभिजनले करिब ३५ दिन अगाडि गरेको अनुसन्धानत्मक रिपोटिङ्गमा भारतपछि,नेपालमा जुन महिनाको अन्तिम तिर प्रंवेश गर्छन् भन्ने रिपोर्ट प्रस्तुत गरेको थियो ।

तर मन्त्रालयद्धारा गठित कार्यदलले,भारतको मध्यप्रदेशबाट आएको सलह फेरी राजस्थानतिरै फर्किएको, हावाको वहान नआएको, झरी सुरु भैसकेकाले सलह नआउने सो गठित कार्यदलको निश्कर्ष थियो । कार्यदलले सुक्खा मौसम र सुक्खा ठाउँ मन पराउने भएकाले मनसुन सुरु भए पछि सलह आउँदैन भन्ने प्रतिवेदन दियो ।

मनसुन सुरु भएको १५ दिनपछि सलह प्रवेश गरेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष जेठ ३० मै मनसुन सुरु भयो । सलह आउँदैन भन्ने प्रतिवेदन बुझाएको तीन हप्तापछि नै सलह भित्रिएको देखिन्छ ।

‘कार्यदलको प्रतिवेदन सर्वसाधारण तहबाट तयार पारिएको देखियो’ कृषि मन्त्रालयका एक पूर्वसचिव भन्छन्, ‘विज्ञको नजरबाट नभई लिटरेचर रिभ्यू र अप्राविधिक अवलोकनको आधारमा बनाइएको प्रतिवेदन फेल खानु अस्वाभाविक होइन ।’

विज्ञहरूका अनुसार सलहको एउटा झुण्डले २५ सय जना वा १० वटा हात्तीलाई पुग्ने खाना बराबरको वनस्पती खान्छन् । तराईमा धमाधम धान रोपाईँ भइरहेको छ भने पहाडमा मकै लगायतका बाली ले २५ सय जना वा १० वटा हात्तीलाई पुग्ने खाना बराबरको वनस्पती खान्छ । तराईमा धमाधम धान रोपाईँ भइरहेको छ भने पहाडमा मकै लगायतका बाली छन्

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार