कामोत्तेजनामा घामको करामत !

Facebook Debugger

काठमाडौं । असार महिनाको आगमन सँगै नेपालको अधिकांश स्थानको तापक्रम बढ्दै जान्छ र गर्मी मौसमको सुरुआत हुन्छ । तुलनात्मकरुपमा भन्नुपर्दा जाडो ठाउँमा बस्ने यौन जोडीले भन्दा गर्मी ठाउँमा बस्ने यौन जोडीले बढी यौनानन्द लिएको पाइन्छ । अर्कोतर्फ ३५ प्रतिशत यौन जोडीले गर्मी मौसममा यौनसम्पर्क गर्न रुचाउँदैनन् । यसरी हेर्दा यो तथ्यांक नै विरोधाभास देखिन्छ ।

तर, गर्मी मौसमले यौन जोडीको यौन तृष्णा, इच्छा र आकांक्षा तथा अभ्यासमा वास्तवमै असर पारेको हुन्छ ? गर्मीले यौनमा जटिलता निम्तन्छ ? भन्ने प्रश्न उब्जिनु स्वाभाविकै हो ।

यौनको सक्रियतामा घामको प्रभाव अवश्य हुन्छ । घामका कारण वातावरण न्यानो हुँदा यौनाङ्गको सक्रियता बढी यौन सम्पर्कका लागि यौन जोडी सक्रिय हुन सक्छ ।

‘भिटामिन-डी’ ले उत्तेजना

यौनमा प्रभाव पार्ने विभिन्न तत्वमध्ये हार्मोन पनि एक हो । यौनको सक्रियतामा ‘भिटामिन-डी’ ले निकै महत्वपूर्ण भूमिका खेल्छ । ‘भिटामिन-डी’ले पुरुषको रगतमा ‘टेस्टोस्टेरोन’ हार्मोनको तह बढाउँछ । जुन अत्यावश्यक पोषण सूर्यको किरणबाट सजिलै प्राप्त हुन्छ । तुलनात्मकरुपमा गर्मी मौसममा यो भिटामिन पाउन सहजता हुन्छ । जसले व्यक्तिको यौन उत्तेजनामा सहयोग मिल्छ । त्यसैगरी गर्मी मौसममा न्यानोका कारण महिला पुरुष दुवै सक्रिय भएर यौनसम्पर्क गर्न सहमत हुन्छन् ।

यसैगरी माछाको तेल, मासुलगायतबाट ‘भिटामिन-डी’ पाइने भएकाले घामको अभावमा यस्ता पौष्टिकतत्वयुक्त खानपान गर्नाले पनि व्यक्ति मजबुत हुनुका साथै यौन सक्रियताका लागि लाभदायक हुन्छ ।

मौसमअनुसार ‘भिटामिन-डी’ले महिला र पुरुषको यौनजन्य हार्मोनको फारक टेस्टोस्टेरोन र इस्ट्रोजेनमा पाइन्छ । यसरी हार्मोनमा हुने प्रभावका कारण दुवै यौन जोडीमा कामवासना ल्याई, यौन चाहना, क्रिडा र यौन सम्पर्क गर्न सहजता मिल्छ ।

त्यति मात्रै हैन गर्मी मौसम भोज-भतेर बढी हुने समय पनि हो । यो मौसममा व्यक्तिका बाह्य क्रियाकलाप बढ्ने भएकाले मनोदशाका साथै ‘इन्डोर्फिन’ हार्मोनको निष्कासन पनि राम्रो हुन्छ । जसका कारण व्यक्तिको मनस्थिति यौन क्रियाकलापका लागि उच्च हुन्छ ।

हार्मोनको सक्रियता

यौनको मामलामा मस्तिष्कको ‘हाइपोथालामस’को सक्रियतालाई भने भुल्नु हुन्न । हाइपोथालामस सक्रिय भएपछि मात्रै यौन क्रियाकलाप तथा यौन सम्पर्क हुन्छ । ‘भिटामिन-डी’को कमीले पुरुषमा ‘टेस्टोस्टेरोन’ र महिलामा ‘स्ट्रोजेन’ हार्मोनको कमी हुँदा महिलामा र पुरुष दुवैमा मानसिकरुपमा यौन उत्तेजना आए पनि यौनाङ्ग उत्तेजित नहुँदा यौन सम्पर्क हुन सक्दैन अनि मनै खल्लो हुन्छ । त्यसैले न्यानो मौसम र ‘भिटामिन-डी’ को सन्तुलन मिलेको अवस्थामा यौन जोडीबीच यौन क्रियाकलाप तथा यौन सम्पर्क हुँदा यौन जोडी चरमोत्कर्षमा पुगी यौन सन्तुष्टि मिल्छ ।

गर्मी मौसममा जाडोको तुलनामा केही हदसम्म भए पनि व्यक्तिको शरीरमा ‘भिटामिन-डी’ को मात्रा पुग्छ । त्यसैगरी ‘सेरोटोनिन’ हार्मोनले ‘भिटामिन-डी’लाई शरीरमा भण्डारण गर्न मद्दत गर्छ । भण्डारण भएको ‘भिटामिन-डी’ ‘सेरोटोनिन’ हार्मोनले थैलीमा पोको पारेर सूर्यको किरणले बाहिर निकाल्न मद्दत गर्छ । सेरोटोनिनले गर्मी मौसममा ‘भिटामिन-डी’ बढी निष्कासन गर्ने भएकाले यो मौसममा यौनाङ्ग बढी सक्रिय हुनाले यौन सम्पर्क गरेको खण्डमा यौन जोडी चरमोत्कर्षमा पुगी यौनानन्द लिन सकिन्छ ।

मौसमी कामुकता

सूर्यको किरणले व्यक्तिको मैथुन तथा संभोगमा ठूलो भूमिका खेलेको हुन्छ । गर्मी मौसममा रात छोटा हुन्छन् । त्यसैगरी यो मौसममा गर्मीका कारण खलखल पसिना आउनुका साथै निद्राका लागि समेत मनग्ये संघर्ष हुन्छ । यो मौसम यौनजन्य संकेत देखाउने मौसम समेत हो । यो मौसममा छोटा तथा पातला कपडा लगाउनाले पनि विपरीत लिंगी यौन जोडी यौनप्रति बढी आकर्षित हुन सक्छ ।

त्यसो त यौन क्रिडा तथा यौनमा मौसमको मात्रै प्रभाव परेको हुन्न । यौनमा मौसमबाहेकका विषय-वस्तुले पनि प्रभाव पारेको हुन्छ । तर, गर्मी मौसममा एउटै कोठामा बसेको यौन जोडी अर्धनग्न हुँदा यौन उत्तेजना हुनसक्ने भए पनि गर्मीका कारण यौन जोडी यौनसम्पर्कका लागि तयार हुँदा शरीर नै च्याप्च्याप्ती हुन सक्छ । जसका कारण यौन सम्पर्क गर्न नै असहजता उत्पन्न हुन सक्छ । यसको अर्र्थ गर्मी मौसममा यौन जोडीले यौन क्रिडा तथा यौन सम्पर्क गर्दैनन् भन्ने भने हैन । गर्मी मौसममा यौन जोडीले ओछ्यानमा यौन अभ्यास गर्न नछुटाउनेको संख्या उच्च नै हुन्छ । यो मौसममा यौन जोडीबीच यौन इच्छा तथा आकांक्षा उच्च नै हुन्छ । यो मौसममा काम कम र व्यक्ति यौनका लागि शारीरिक तथा मानसिकरुपमा तयारी रहँदा यौन सम्पर्क हुन्छ । त्यसैले गर्मी मौसम यौन जोडीका लागि यौन क्रियाकलापको प्रस्तुति गर्ने उत्तम मौसमका रुपमा लिन सकिन्छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार