महाकुलुङमा कांग्रेसको अग्रता कायमै

  सगरमाथा अनलाईन

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । ९२१ मतगणना हुदा कांग्रेसको उम्मेदवार अघि देखिएका छन् ।

कांग्रेसका उम्मेदवार सूर्यबहादुर कुलुङले ३९० मत ल्याउदा नेकपा माओवादी केन्द्रका उम्मेदवार सागर किराँतीले ३६५ मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार भक्त कुलुङको पक्षमा १२६ मत प्राप्त भएको छ । उपाध्यक्षमा कांग्रेसकी विपना कुलुङले ३१०, माओवादीकी छबिमाया कुलुङले ३०३ र एमालेकी शुभधनी कुलुङले २५४ मत पाएका छन् ।

वडा अध्यक्षमा पनि कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका पर्खिधन राईले ३९४ मत ल्याएका छन् । माओवादीका नीर कुमार कुलुङले ३२८ मत एमालेका तिमल कुमार राईले १५१ मत पाउदा पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार