लिखुपिके ५ मा कांग्रेसका ङिमछिरी लामा विजयी

  सगरमाथा अनलाईन
238 Shares

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ मा नेपाली कांग्रेसका ङिमछिरी लामा विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार लामा २४० मत सहित विजयी बनेका हुन् ।

माओवादीका सरिता मगर शेर्पाले २३० ल्याउदा एमालेका सोनाम शेर्पाले १३४ मत प्राप्त गरे । अन्य ४ वडा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् । लिखुपिके ५ बाट काँग्रेसबाट पालिका अध्यक्षकी उम्मेदवार मिना कार्कीले २१७ मत ल्याएकी छिन भने माओबादीका उम्मेदवार डम्बरबहादुर बस्नेतले २५६ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार पोष्टकुमार कार्कीले १३० मत मात्र प्राप्त गरेका छन् । यसअघि लिखुपिके १ वडाअध्यक्षमा कांग्रेसका मिंमार ग्याल्जे शेर्पासहित प्यानलै विजयी बनेको थियो ।

यो सँगै सोलुमा कांग्रेसले २ वडामा जित हासिल गरेको छ । ८ स्थानीय तह रहेको जिल्लामा ५२ वडा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार