शनिबार थप ५५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२,३०९ पुग्यो !

Facebook Debugger

काठमाडौं । नेपालमा शनिबार थप ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १२ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ३ सय ९ पुगेको जानकारी दिएका हुन् ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार ८ सय ३४ पुगेको छ । जसमध्ये महिला १८ र पुरुष १ सय १८ रहेका छन् ।

नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार