सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका १ जुभिङमा कांग्रेस-माओवादी गठबन्धनबाट वडाअध्यक्षको उम्मेदवार बनेका सज्जन राई र उनको प्यानल विजयी भएको छ ।

वडा नं १ माओवादी केन्द्रको भागमा परेको थियो । कांग्रेसले सघाएको थियो । उनले ४३३ मत ल्याउदा नेकपा एमालेका उम्मेदवार कुमार राईले ३६३ मत ल्याए ।
सो वडामा गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार चन्द्र बहादुर राईले ४१९ मत ल्याउदा एमालेका उम्मेदवार बुद्धिकिरण राईले ३५४ मत ल्याए ।

गठबन्धनका उपाध्यक्षका उम्मेदवार गौरब राईले ४३१ मत ल्याउँदा एमालेका उम्मेदवार जुनितामाया मगरले ३६३ मत प्राप्त गरिन् ।







