७७ जिल्लामै देखियो कोरोना, कुन जिल्लामा कति संक्रमित ? [हेर्नुहोस विवरणसहित]

Facebook Debugger

काठमाडौं । नेपालमा शनिबार थप ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ३ सय ९ पुगेको जानकारी दिएका हुन् । नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

कुन जिल्लामा कति थपिए ?

नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाभइ अपडेट मार्फत नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन् ।

नयाँ थपिएका संक्रमितहरु जना १ सय २० महिला र जना ४ सय ३४ पुरुष रहेका छन् । हालसम्म १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष गरी १२ हजार ३ सय ९ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

आज रसुवामा एकजना महिला र ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालका ७ प्रदेशका ७७ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

डा. गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा उदयपुरका ३ जना महिला र ४ जना पुरुष, इलामका ५ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका एकजना महिला र एकजना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ३ पुरुष, महोत्तरीका एक महिला र २९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका एक महिला र एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका एकजना महिला र १२ पुरुष, अर्घाखाँचीका १६ जना पुरुष, वैतडीका ६ जना महिला र १८ जना पुरुष, बझाङका ४ जना पुरुष, बाजुराका एकजना महिला र ३ जना पुरुष, बाराका एकजना महिला र ७ जना पुरुष, डडेल्धुराका २ जना महिला र ६ जना पुरुष, धादिङका ३ जना पुरुष, डोटीका १५ जना महिला र ३१ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी गुल्मीका २ जना महिला र ५ जना पुरुष, जाजरकोटका एकजना पुरुष, कैलालीका २ जना महिला र ६ जना पुरुष, कंचनपुरका ३ जना पुरुष, कपिलवस्तुका एकजना पुरुष, पर्साका एकजना पुरुष, रसुवाका एक महिला र ८ जना पुरुष, रौतहटका ३ महिला र ३१ जना पुरुष, सल्यानका १३ पुरुष, सर्लाहीका ६ जना पुरुष र स्याङ्जाका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका २ जना पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा नुवाकोटका ६ जना पुरुष, मकवानपुरका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका एक महिला र ३ पुरुष, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा पाँचथरका एक महिला, काठमाडौंका एक महिला र ३ पुरुष, भक्तपुरका एक पुरुष, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा बझाङका एक महिला र ३ पुरुष, डोटीका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीषणमा बाजुराका ३१ महिला र ५० जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासी पुर्वका एकजना महिला र एकजना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ८ जना पुरुष, स्याङ्जाका ६ जना महिला र १५ जना पुरुष संक्रमित भएका छन् । डा गौतमका अनुसार प्रादेशिक जनस्वासथ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एकजना महिला र एकजना पुरुष, पाल्पाका २ महिला र २४ पुरुष, प्युठानका ३ जना महिला र ४६ जना पुरुष, रुपन्देहीका ३ महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपगंजको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २ जना पुरुष, बर्दियाका एकजना महिला र ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ३ जना महिला र २८ जना पुरुष, कपिलवस्तुका २ जना महिला र ५ जना पुरुष र रोल्पाकाएकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका एकजना महिला र ६ जना पुरुष, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका एकजना महिला र एकजना पुरुष, डोटीका २५ जना महिला, कैलालीका ५ महिला र एकजना पुरुष र कंचानपुरका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३६ डिस्चार्ज

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार ८ सय ३४ पुगेको छ । जसमध्ये महिला १८ र पुरुष १ सय १८ रहेका छन् ।

नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

ज्यान गुमाउनेको संख्या २८ पुग्यो

नेपालमा शनिबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाएको छ । उनको कोरोना परीक्षणको रिपोर्ट पोेजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु-११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका(१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका(११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर-४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट(४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका-४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख-३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुष र दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला गरी २७ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार