सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका ईन्द्रमणी दाहाल (राजन) विजयी भएका छन् ।

३ सय ९८ मत ल्याएर दाहाल वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दि नेकपा माओवादी केन्द्रका अमिर राईले ३ सय ४७ मत प्राप्त गरेका छन् ।
८ सय १६ मत खसेको उक्त वडामा २ सदस्य काँग्रेस र बाँकी दुई सदस्य माओबादी केन्द्रबाट विजयी भएका छन् ।







