सलमान, आलिया, सोनाक्षी र करणका फलोअर इन्स्टाग्राममा तीव्र गतिमा घट्दै, हेर्नुहोस कसको कति घटे ?

Facebook Debugger

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याले बलिउड यतिबेला परिवारवाद र गुटबन्दीका लागि आलोचित भइरहेको छ ।

यसमा ठूला स्टार र व्यानरको नाम जोडिएको छ । परिवारवाद र गुटबन्दीको नाममा विशेषगरी यसराज फिल्मस्, सलमान खान, करण जोहर, आलिया भट्ट, सोनाक्षी सिन्हा, सोनम कपुर लगायतका कलाकार र सिनेमा निर्माण कम्पनीको सार्वजनिक रूपमा आलोचना भइरहेको छ ।

कंगना रनौट, अभय देवल, रविना टण्डन, सोनु निगम, अदनाम सामी लगायतका कलाकारले बलिउडमा परिवारवाद व्यापत रहेको र यसले गुटबन्दीलाई बढवा दिइएको जसका कारण गैरफिल्मी पृष्ठभूमिबाट आएका कलाकारलाई पेल्ने, कामबाट निकाल्ने र काम गर्न नदिनेसम्मका काम हुने गरेको खुलासा गरेका छन् ।

सामाजिक संजालहरूमा सुशान्तको आत्महत्याको कारण पछाडी उनको व्यक्तिगत समस्याका कारण नभई बलिउडको केही परिवार र व्यक्तिमा सिमित सिनेमा सिण्डिकेटको मुख्य हात रहेको धारणा मुखरित भइरहेको छ । यसैको असर परिवारवादमा मुछिएका बलिउड स्टारको सामाजिक संजालका ह्यान्डलहरूमा देखिन थालेको छ ।

सलमान, करण, आलिया र सोनाक्षी लगायतकाको फलोअर इन्स्टाग्राममा तीव्र गतिमा घटिरहेको छ । यस सूचिमा सबैभन्दा माथि सलमान खानको नाम रहेको छ ।

एकसाता अघिसम्म सलमानको इन्स्टाग्राममा ३३.९ मिलियन फलोअर रहेकोमा हाल सो संख्या घटेर ३३.४ मिलियनमा झरेको छ ।

यसैगरी निर्माता तथा निर्देशक करण जोहरलाई ३ लाख ३० हजार बढीले ‘अनफलो’ गरेका छन् भने सोनम कपुरलाई १ लाख ७० हजार बढीले ‘अनफलो’ गरेको पाइएको छ ।

यसैगरी एकसाता अघिसम्म आलियाको ४८.३ मिलियन फलोअर रहेकोमा हाल त्यो घटेर ४७.३ मिलियनमा झरेको छ भने सोनाक्षी १८.६ मिलियनबाट घटेर १८.४ मा पुगेको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार