सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार धनजन राईको अग्रता कायमै रहेको छ । वडा नं. १ को मत गणना सकिदा राईले २२२ मतले अग्रता कायम गरेका हुन् ।

गाउँपालिका अध्यक्षका उम्मेदवार राईले वडा नंं १ को १३५२ खसेको मतमध्ये ६६५ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । राईलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार डुफकुमार बास्तोलाले ४४३ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार भुपेन्द्र कट्टेलले १३० मत प्राप्त गरेका छन्, भने जनता समाजवादी उम्मेदवार हेमन्त राईले १० मत र नेकपा मालेका विष्णु बास्तोलाले १ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विना राईको ६१७, नेकपा एमालेका उम्मेदवार सिर्जना राईको ४११, नेकपा एकीकृत समाजवादीका उम्मेदवार डिल्ली राईको ९०, जनता समाजवादीको उम्मेदवारले ५७ र मालेका उम्मेदवारले १ मत प्राप्त गरेका छन् ।

वडा नं. १ अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रमेश राईको प्यानलै विजयी भएको छ । नेचासल्यान गाउँपालिका वडा नं. १ मा २१४३ मतदातामध्ये १३५० मत खसेको थियो ।







