२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

बुटवल उपमहानगरपालिका २.न.वडामा एकीकृत समाजवादीका :सुनिल शाक्य विजयी


१ जेष्ठ २०७९, आइतबार  

7
Shares

बुटवल । बुटवल उपमहानगरपालिका(२ .न.वडा अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य विजयी भएका छन् ।

शाक्यले नेकपा एमालेका रमेश नेपाललाई ३४ मत अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । शाक्यले ९०९ मत पाएका छन् भने नेपालले ८७५ मत ल्याए ।

नेपाल यसअघि दुईपटक वडाध्यक्ष भइसकेका हुन् । बुटवलमा मेयर र उपमेयरमा पाँच दलीय गठबन्धन भए पनि वडा तहमा एक्लाएक्लै चुनाव लडेका छन् । यसअघि बुटवलको वडा नम्बर १ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भइसकेका छन् । १९ वटा वडा रहेको बुटवलमा अहिले वडा नम्बर १९ को मतगणना जारी छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : ३८ बजे