विश्वभर १ करोड नाघ्यो कोरोना भाइरसको संक्रमितको संख्या !

Facebook Debugger

काठमाडौं । करिव ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ७५ हजार २ सय ६७ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ७४ हजार ६ सय ३० पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ५ सय ४६ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ६ सय २५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २ सय १३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५४ लाख ५१ हजार ९ सय ८४ पुगेको छ भने ४१ लाख २१ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९० हजार ४ सय ६९ जनाको मृत्यु भएको छ । २४ लाख १ हजार ४ सय ५२ जना संक्रमित भएकोमा १३ लाख ४१ हजार ३ सय ८४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६५ हजार १ सय ८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३० लाख २१ हजार ३ सय ४२ पुगेको छ । त्यसमध्ये १३ लाख १२ हजार ८ सय ५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५३ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ । २१ लाख ६४ हजार ६ सय ४४ जना संक्रमित भएकोमा १४ लाख ४ हजार ५ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ८१ हजार २ सय ६ जनाको मृत्यु भएको छ । २१ लाख १ हजार ७ सय ८६ संक्रमित भएकोमा १२ लाख २ हजार ८ सय ८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ९ हजार ५ सय १९ जनाको ज्यान गएको छ भने ३ लाख ७४ हजार ५ सय ९६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८१ हजार १ सय ७९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २६ जनाको मृत्यु भएको छ । ९ हजार २ सय ७३ जना संक्रमित भएकोमा ८ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार