सैनामैना(१ को वडाध्यक्षमा माओवादी केन्द्रका :थापा विजयी

0 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका(१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा निर्वाचित भएका छन् । सैनामैनामा नेपाली कांग्रेस र माओवादी केन्द्रको तालमेल छ ।

थापाले २ हजार ३९१ मत प्राप्त गरेर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केहरसिंह २ हजार १६९ मत प्राप्त गरेका छन् । केहरसिंह थापा निवर्तमान वडाध्यक्ष हुन् ।

सैनामैना नगरपालिकाको जारी मत गणनामा मेयरमा कांग्रेसका फणिन्द्र शर्मा र उपमेयरमा माओवादी केन्द्रका मानबहादुर महतले अग्रता लिएका छन् । उनीहरुलाई एमालेका मेयर उम्मेदवार चित्रबहादुर कार्की र उपमेयर उम्मेदवार विना मगरले पछ्याइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार