७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष एमाले, उपाध्यक्षमा माओवादी केन्द्र विजयी



सोलुखुम्बु । जिल्लाको माप्यदुधकोशी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार बुद्धिकिरण राई निर्वाचित भएका छन् । उनले काँग्रेस–माओबादी गठबन्धनका साझा उम्मेदवारलाई पछि पार्दै विजय हासिल गरेका हुन् ।

निकटतम प्रतिस्पर्धी चन्द्र खालिङलाई पछि पार्दै बुद्धिकिरण दोश्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट माओबादी केन्द्रका उम्मेदवार गौरव खालिङ निर्वाचित भएका छन् । एमाले उम्मेदवार जुनिता मगरलाई पराजित गर्दै गौरव उपाध्यक्षमा विजयी भएका हुन् ।

७ वटा वडा रहेको माप्यदुधकोशीमा वडा नम्बर १ र ४ माओबादी केन्द्र, २, ३ र ७ एमाले अनि वडा नम्बर ५ र ६ मा काँग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ३ : ३३ बजे