‘१ हजार केजी सलह ल्याउनुस, म १ लाखमा किन्छु,’ कृषिविद राई

Facebook Debugger

काठमाडौं । कृषिविद मदन राईले सलह नियन्त्रण गर्न सबै जुट्नुपर्ने बताउँदै यसलाई विष हालेर नमार्न सुझाव दिएका छन् । सलह नियन्त्रणको उपाय खोजिरहेका बेला कृषिविद् राईले विषादी हालेर नमार्न आग्रह गरेका हुन् ।

उनले विषादी हालेर मार्नुभन्दा समात्न आग्रह गरेका छन् । खोटाङमा नै आधुनिक पद्धति अपनाएर उनले कृषि कर्म गरिरहेका छन् । राईले सलह सिद्रा माछा भन्दा पनि पोसिलो हुने बताएका छन् ।

‘सिद्रा माछा भन्दा पोसिलो छ सलह’, उनले भनेका छन्, ‘दाना बनाउन काइदा हुन्छ ।’ कसैले समात्यो भने म एक हजार केजीलाई ताजा सुकाएको दुवैलाई १ लाखमा किनिदिन्छु ।’ उनले सलह रोक्न समात्ने उपाय नै सही रहेको पनि बताएका छन् ।

‘सरकार ! सलह रोक्न विष नछर्क । केजीको ५० देखि १०० रुपैयाँ दिने व्यवस्था गरि देऊ, सबै सकिन्छ,’ उनले भनेका छन्, ‘मान्छेको खाना र पशुपंछीको दानामा गजब हुन्छ ।’
कृषिविज्ञ राईले सलह समात्न अपनाउनुपर्ने विधि र टिप्स पनि दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सलह समाउने तरिका सुझाएका छन् ।

राईले लेखेका छन्, ‘यो बाक्लो आयोभने अलिक ठूलो कपडा दूईजनाले दुइछेउमा तानेर सलह छैकौँ । एकै ठाउँमा एकैपटक ५/१० किलो समाउन सकिन्छ । पातलोलाई पनि समाउने वा खेदेर बाली जोगाउने। सलह सबैजसो पंछीको खाना हो । जंगली पंछी पनि मोटाउने भो। मूख्य कुरा हाम्रो धान, कोदो, मकै आलु, तरकारी फलफूलबाली जोगाउनु हो। घाँसपनि जोगाउँ । तर पहिलो अन्न ।’

उनले भनेका छन्, ‘कसैले समाएर हामी शुभद्रा मदन फाउण्डेशनमा ल्याइदिए किलोको नगद १०० रूपियाले १००० किलो सम्म ल्याए क्यास १ लाख नगद भूक्तानी हुनेछ ।

राईले भनेका छन्, ‘हामी १००० किलो मध्ये विद्यार्थीलाई मज्जाले भुटेर माछामासुको सट्टामा विभिन्न परिकार बनाएर ख्वाउँछौँ । केही हामी हामीसंग भएको पशुपंछीको दाना बनाउँछौ । सिद्राको सट्टामा यो प्रयोग गर्नेछौं । केही हामीसँग भएको सबैखाले पंछीलाई ख्वाउनेछौं ।’

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार