मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरका नेचासल्यानमा वृक्षारोपण

Facebook Debugger

सोलुखुम्बु । जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा जिल्लाको नेचासल्यानमा वृक्षारोपण गरिएको छ ।

मदन भण्डारी फाउन्डेसन सोलुखुम्बुको आयोजनामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । नेपालको कम्युनिष्ट आन्दोलनको लोतान्त्रीकरणका नायक, युगान्तकारी व्यक्तित्व, जवजका प्रवर्तक, जननेता मदन भन्डारीप्रति ६९ औ‌ं जन्मजयन्तीको अवसरमा हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै वृक्षारोपण्न कार्यक्रम आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेचासल्यान गाउँपालिका अध्यक्ष जगन्नाथ वास्तोलाले बताए ।

जिल्लाको नेचासल्यान गाउपालिका वडा नं. ५ मा गाउपालिकाले सञ्चालन गरेको नमूना कृषि सिकाइ केन्द्र परिसरमा फलफूल, डाले घाँस र भुइँ घासका २ सयभन्दा बढी बिरुवा रोपिएको अध्यक्ष वास्तोलाले बताए । जिल्लाका अन्य स्थानीय तहमा पनि फाउण्डेसनले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

कोरोना महामारीका कारण उत्पन्न असहज परिस्थितिका कारण सोलुखुम्बु जिल्लामा आ-आफ्नो स्थानीय तहमा जन्मजयन्तीका अवसरमा जननेता स्वर्गीय मदन भण्डारीले अनुसरण गरेका पदचापको सम्झना गरिएको बताइएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार