आइतबार ४६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२,७७२ पुग्यो !

Facebook Debugger

काठमाडौं । नेपालमा आइतबार थप ४ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १२ हजार ७ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ७ सय ७२ पुगेको जानकारी दिएका हुन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७९ जना उपचारपछि निको भएर घर गएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३ हजार १३ जना पुगेको छ । जसमध्ये महिला १३ र पुरुष १ सय ६६ रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाले २८ जनाको मृत्यु भएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार