आइतबार थपिएका ४६३ संक्रमितमध्ये कुन जिल्लामा कति ? [हेर्नुहोस सूचीसहित]

Facebook Debugger

काठमाडौं । नेपालमा आइतबार थप ४ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १२ हजार ७ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ७ सय ७२ पुगेको जानकारी दिएका हुन् ।

कुन जिल्लामा कति थपिए ?

नेपालमा आइतबार थप ४ सय ६३ जनामा कोरना पुष्टि भएको छ । जसमा ३ सय ५८ पुरुष र १ सय ५ जना महिला रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ संक्रमितहरुमा मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ५ जना इलामका १ जना, सुनसरीका १ जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना डडेल्धुराका १ जना, अर्घाखाँचीका ५ जना, दोलखाका २ जना गुल्मीका ३८ जना, खोटाङका ४ जना, गोर्खाका १ जना, रौतहटका १७ जना, सर्लाहीका १ जना संक्रमित भएका छन् ।

त्यस्तै सिन्धुपाल्चोकका १ जना, कपिलवस्तुका १० जना, धादिङका १ जना, ललितपुरका १ जना, बाजुराका ६३ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी पर्वतका २ जना, सल्यानका १, तनहुँका ६ जना, म्याग्दीका १ जना, पाल्पाका २ जना, प्युठानका ३५ जना, रुपन्देहीका १२ जना, डोटीका १३ जनाम बाजुराका ३२ जना र दाङका ३४ जना रहेको जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

२४ घण्टामा १७९ जना कोरोना संक्रमणमुक्त

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७९ जना उपचारपछि कोरोना संक्रमणमुक्त भइ घर फर्किएका छन् ।

उनका अनुसार रौतहट पुलिस एकेडेमी आइसोलेसनबाट ४६ पुरुष, कोभिड-१९ अस्पताल सपही धनुषाबाट ११ पुरुष, नारायणी अस्पताल पर्साबाट ५ महिला र २३ पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट ३ पुरुष, संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

त्यसैगरि, कोरोना विशेष अस्पतालबाट ६ महिला र ३३ पुरुष, सिरहा अस्पतालबाट ६ पुरुष, महेन्द्र जनरल अस्पतालबाट १ महिला र १२ पुरुष र कलैया अस्पतालबाट १७ पुरुष निको भई डिस्चार्ज भएका छन् ।

देशभरबाट हालसम्म तीन हजार १३ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन् । जसमा महिला २ सय ५५ र २ हजार ७ सय ५८ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोनाले २८ जनाको मृत्यु भएको छ ।

कहाँ कतिले ज्यान गुमाए ?

पछिल्लो पटक शनिबार (हिजो) थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर-४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका-४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख-३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुष र दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला गरी २७ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार