४ दाजुभाइ चुनावि मैदानमा, ३ जनाले जिते एक जनाले हारे

जेठा दाईले वडाध्यक्ष जिते, भाइले उपाध्यक्षमा हारे

  सगरमाथा अनलाईन
9.3k Shares

ओखलढुंगा । एकै परिवारका ४ दाजुभाई चुनावि मैदानमा उत्रिए । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. १ स्थायी बसोबास गरिरहेका ४ दाजुभाई जारी स्थानीय तहको निर्वाचनमा २ जना गाउँपालिका अध्यक्षमा एक जना वडा अध्यक्षमा विजयी भए भने एक जना भाई उपाध्यक्षमा पराजय भए ।

ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका ज्ञानेन्द्र रुम्दाली विजय हासिल गरे । त्यसैगरी उनका दाई जितेन्द्र रुम्दाली धनकुटा जिल्लाको साँघुरीगढि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिइ विजयी भए । यता जेठा दाई राजकुमार रुम्दाली ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका १ को वडा अध्यक्षमा विजयी भए भने भाई दिपेन्द्र रुम्दाली भने गाउँपालिका उपाध्यक्षमा पराजय भए । दाई नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका हुन्, भने भाई दिपेन्द्र जनता समाजवादीबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

ज्ञानेन्द्रले कांग्रेसको सर्मथनमा स्वतन्त्र उम्मेदवारी दिएर अध्यक्षमा विजय हासिल गरेका हुन् । उनले एमालेका रुपलाल तामाङलाई १ हजार २ सय ६ मतान्तरले जितेका छन् । ज्ञानेन्द्रले ५ हजार २१ मत ल्याउँदा एमालेका तामाङले ३ हजार ८ सय १५ मत प्राप्त गरेका हुन् ।

गठबन्धनको तर्फबाट धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका जीतेन्द्रले ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुमारजंग याखाले ४ हजार ८ सय २८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदारी दिएका दीपेन्द्रले २ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार