सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनराज तामाङ विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार तामाङले २६१ मत प्राप्त गरि विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्धन्दी नेपाली काङ्ग्रेसका काजी शेर्पाले २२९ प्राप्त गरेका छन् । वडाको २ खुल्ला सदस्य र दलित महिला सदस्य नेपाली काङ्ग्रेसले जितेका छन् ।
माओवादी केन्द्रले वडाध्यक्षसहित महिला सदस्य जितेको मुख्य निर्वाचन अधिकृत सन्तोषप्रसाद पराजुलीले जानकारी दिए । नेकपा एमालेका वडा अध्यक्षका उम्मेद्वार गेलु शेर्पाले १७२ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रले नगरपालिकाको वडामा खाता खोलेको छ । यसअघि नगरपालिकाको वडा नम्बर १ मा एमाले, वडा नम्बर २, ३, १० र ११ काङ्ग्रेसले जितिसकेका छन् ।