काभ्रे भुम्लु गाउँपालिकामा माओवादी विजयी

0 Shares

काठमाडौ । काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

आज बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रका प्रेम भुजेल ५ हजार ७९२ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले ४ हजार ५६८ मत पाए ।

उपाध्यक्ष पदमा नेपाली कांग्रेसका जितेन्द्रमान तामाङ ९दावा लामा० ६ हजार ९८ मतसहित निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी कल्पना श्रेष्ठले ४ हजार २९ मत पाएकी छन् ।

काभ्रेका १३ वटा स्थानीय तहहरुमध्ये भुम्लु नतिजा सार्वजनिक गर्ने पहिलो पालिका हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार